साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कीर्तिशेष बी.के. पाल्पालीको ‘स्मृतिग्रन्थ’ प्रकाशनको तयारी

बहुप्रतिभाका धनि पाल्पाली पेरोल साहित्य प्रतिष्ठान नेपाल काठमार्डौका संस्थापक अध्यक्ष भएर २० वर्ष यस संस्थालाई अगाडि बढाएका थिए । विभिन्न संघसंस्थामा आवद्ध पाल्पालीका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस २ । पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको ‘स्मृतिग्रन्थ’ पेरोल काव्य घर नेपाल साहित्य प्रतिष्ठानले प्रकाशन गर्ने भएको छ । काव्य घर मिडिया प्रा.लिका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो ।

उक्त निर्णय संस्थाकी महासचिव तथा साहित्य विभागीय प्रमुख रेणुका भट्टराईले जानकारी गराउनु भयो । नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका पाल्पालीका १५ वटा विभिन्न विधाका कृति प्रकाशित छन । यस्तै गरी करिब २५ वर्षको पत्रकारिताको अनुभव रहेकाे छ ।

पाल्पाली २०६२ सालदेखि नेपालबोर्डर साप्ताहिक समसामयिक पत्रिकाका प्रकाशक/ सम्पादक थिए । यसै गरी कानुनको क्षेत्रमा समेत योगदान पूर्याएका पाल्पाली बारएसोसिएसनका सदस्य समेत रहेका थिए ।

समाजशास्त्रमा,मानवशास्त्रमा र राजनीतिकशास्त्रमा एम.ए,गरेका उनले एक वर्षे विएड, र कानुनमा स्नातक गरेका थिए । बहुप्रतिभाका धनि पाल्पाली पेरोल साहित्य प्रतिष्ठान नेपाल काठमार्डौका संस्थापक अध्यक्ष भएर २० वर्ष यस संस्थालाई अगाडि बढाएका थिए । विभिन्न संघसंस्थामा आवद्ध पाल्पालीका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

पत्रकार महासंघ काठमाडौं शाखाको सदस्य भएका पाल्पालीको पत्रकारिताको छुट्टै इतिहास छ । दर्जनाैं कृति सम्पादन गरेका पाल्पाली अत्यन्तै सरल, मृदु भाषी सहयोगी जागरुक थिए । उनले कविता, छन्दकविता, गजल, हाइकु उपन्यास, कथा, आदिमा कलम चलाएका थिए । उनका एउटा महाकाव्य, ४ वटा खण्डकाव्य, हाइकु साहित्यको सैदान्तिक अवधारण, लगायत १५ वटा कृति प्रकाशित छन् । पिएच.डी गर्ने तयारीमा समेत जुटेका उनका अप्रकासित कृति अझै १ दर्जन भन्दा बढी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अर्जुन विरक्तिका विषयमा लेखिएको कृति प्रकाशनको तयारीमा छ । यो कृति २०६५ सालमा नै तयार गरिएको हो । यस्तै विविध पक्षलाई समेटेर उनको स्मृतिग्रन्थको तयारी गरेको छ ।

स्मरणरहोस् ३८ वर्षको उमेरमा दुबै मिर्गौला फेल भई ९ वर्षको पीडाबाट उनले मुक्ति पाएका थिए । २०७८ फागुन १७ गते उनको देहावसान भयो । यस समयमा उनलाई यतिलामो समय सम्म बचाउन राज्य,पत्रकार महासंघ, विभिन्नि संघसंस्था, आमनागरिक सबै लागेको इतिहास छ । यस स्मृति ग्रन्थमा उनलाई बचाउनु हुने सम्पूर्णलाई समेट्ने प्रयास रहने जानकारी दिइएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x