साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ, मानवताको देउराली रोपौँ !

आमाबाबुले पैसाको लागि भोक रोग र शोक सहेको बेला अभाव छ हार्दिकताको आऊ ! रातो बाकसलाई देशको माटोले छोपौँ र डलरका बिटाले उकेरा लगाऊँ अनि त्यसमाथि मानवताको देउराली रोपौँ !!

Nepal Telecom ad

ताराबहादुर बुढाथोकी :

विश्वमा
बारुदको
धुँवा उडेको बेला
निर्मम
हातहरूले
कोपिला चुँडेको बेला
खडेरी छ
नाइटिङ्गेलका लालटिनहरूको
अभाव छ
हेनरीका ती दिनहरूको
त्यसैले साथी !
आऊ,उकालीको टुप्पामा
ममताको मलिलो
धर्ती खोपौँ
र मानवताको देउराली रोपौँ !

वुद्ध
आफैँ ध्यान छोडी
धन कमाउन
परदेश जान बाध्य भएको बेला
पैसाको लागि
सीता
र भृकुटी पनि
घुम्तीमा भट्टीवाल्नी भएको बेला
छोरो
अमेरिकामा
र छोरी
अष्ट्रेलिया पठाएर
आमाबाबुले
पैसाको लागि
भोक
रोग
र शोक
सहेको बेला
अभाव छ हार्दिकताको
आऊ !
रातो बाकसलाई
देशको माटोले छोपौँ
र डलरका बिटाले
उकेरा लगाऊँ
अनि त्यसमाथि
मानवताको देउराली रोपौँ !!

०००
खाँदबारी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x