साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्काऊ !

देश अरुलाई बुझाऊ तिमी पनि उतै जाऊ र मस्तले जिन्दगी बिताऊ । यता कात्रो किन्ने पैसा नहोस् मलामी हिन्ने मान्छे नहोस् । तिमीलाई बाल मतलब उतै बसेर राष्ट्रिय गीत गाऊ ।

Nepal Telecom ad

ओ टाउकेहरू !
तिमी ज्याक डेरिडा !?
विनिर्माण गर ।
जताततै भाँड गर ।
पहिचानका नाममा
जातीय
एकता भत्काऊ !
संविधानका नाममा
धार्मिक सहिष्णुता
भत्काऊ ।
स्वाभिमानका नाममा
सीमानाका
पिल्लर भत्काऊ ।
उत्तर आधुनिकताका
नाममा
मठ मन्दिरहरू भत्काऊ
गुम्बा, मस्जिदहरू भत्काऊ ।
यस वापत
युरो मुद्रा कमाऊ र
विदेश लाँदा
साट्नुपर्छ ।
बैंकमा राख्दा
श्रोत ढाँट्नुपर्छ ।
बोरामा खाँद
र देशलाई कङ्गाल बनाऊ ।

धर्म निरपेक्षताका
नाममा
तोड शिव
र पारुहाङका सालिकहरू
आस्था र
विश्वास भत्काऊ
फोड पृथ्वीका
सालिकहरू र
पुर्खाको
इतिहास भत्काऊ ।
साहित्य र
कला भत्काऊ,
लोक भाकाका
गला भत्काऊ ।
र रिमिक्स बनाऊ ।
फुटाऊ
मादल, मुर्चुङ्गा र सारङ्गीहरू
टुटाऊ
मारुनी र हुड्काका
भाव भङ्गीहरू ।
यसबापत
डलर, पाउण्ड र
भारु आउँछ होला
डबल हर्स, टकिला र
दारु खाऊ ।

तिमी टाउकेहरू !
भर्ना गर
लाउकेहरू !
उखेल वरपिपलका बोटहरू
काटेर रित्याऊ
कामधेनुका गोठहरू ।
थप
हाम्रा जीऊमा चोटहरू !
पोल
झुटा बाचा कसम र
अठोटहरू !
खरानीको टीका लगाऊ !
इमान छ भने पिरोल्छ
खोलामा लगेर बगाऊ ।
उद्योगहरू भत्काऊ
क्याम्पसहरू भत्काऊ
अब
१२ पास गरेको युवा
देशमा बस्नै नसक्ने बनाऊ
भत्काऊ
आमाका योनिहरू
त्यो पनि तिमीले
जन्मिदा
एकपल्ट भत्काएकै हो ।
करङ र मेरुदण्ड भत्काऊ र
भग्नावशेषमा टाँस
हामी देश बनाइरहेछौँ ।
अनि एक्लै खाऊ ।

अब तिमीले
कर्मचारीलाई
तलब दिनु पर्दैन
भूतपूर्वलाई
पेन्सन दिनुपर्दैन
बृद्धभत्ताको
टेन्सन लिनु पर्दैन ।
किसानलाई
मल दिनु पर्दैन
बुडापाका मात्र बसेपछि
हिड्न सक्दैनन्
त्यसैले
बाटो बनाउनु पर्दैन
युवायुवती
देशमै बस्दैनन्
त्यसैले खेतीयोग्य
माटो बनाउनु पर्दैन ।
विनिर्माण गर
उत्तर आधुनिक बन
संस्कृति भत्काऊ
प्रकृति भत्काऊ ।
अन्तिममा संसद भत्काऊ
देश अरुलाई बुझाऊ
तिमी पनि उतै जाऊ
र मस्तले जिन्दगी बिताऊ ।
यता
कात्रो किन्ने
पैसा नहोस्
मलामी हिन्ने
मान्छे नहोस् ।
तिमीलाई बाल मतलब
उतै बसेर
राष्ट्रिय गीत गाऊ ।

०००
खाँदबारी, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
आमा बाबुको मन- सन्दर्भः पत्रु खाना

आमा बाबुको मन- सन्दर्भः...

ताराबहादुर बुढाथोकी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x