साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शान्तिको खोजी

हैट ! कवितामा बिम्ब र बस्तुको संयोग मिल्यो भने पनि अप्ठ्यारो पो पर्ने रहेछ त । कविता लेख्न मन पराउने म लठुवा पनि कतै यस्तै फसादमा फँसेर मण्डी धुलाइमा त पर्दिन ?

Nepal Telecom ad

म बिहानै दमकतर्फ जाँदै थिएँ । पुरानो लखनपुर गाविस मास्तिर पुगेको थिएँ । लिला नर्सरीतर्फ पस्ने गोरेटोको मुखमा केही मान्छेहरू जम्मा भएको देखेर मैले मेरो मोटर साइकलको स्पिड कम गर्दै घ्याच्च रोकें ।

त्यतिकैमा एकजना अन्दाजी २२ बर्ष जतिको युबकलाई वर्तिर पर्तिर दुई जानाले समाएर सडकतर्फ ल्याए । युवकको नाकबाट रगत बगिरहेको थियो लुगा केही च्यातिएको र शरीरमा धूलो लागेको आदि दृश्यले त्यहाँ युवकमाथि कसैले हातपात गरेको सहजै अनुमान लगाउँन सकिन्थ्यो । युवकलाई एउटा ट्याक्सीमा चढाएर दमकतर्फ पठाइयो ।

कुराको चुरो पहिल्याउँने क्रममा मैले केही मान्छेहरूसँग जिज्ञासा राखेँ । युवकले एउटा कविता लेखेका रहेछन् । उक्त कविता दमकबाट दैनिक प्रकाशित हुने पत्रिकामा प्रकाशित भएको रहेछ । एउटा अर्को मान्छेले पत्रिकाको कटिङ् ल्याएर मेरो हातमा थमाए । कविता यस प्रकार थियो-

शीर्षकः- शान्तिको खोजीमा

मैले मन्दिरमा खोजेँ
मस्जिदमा खोजेँ
गुम्बा चर्च सबैतिर खोजेँ
शान्ति !
मेरी शान्ति !
तिमी कहाँ छ्यौ ?

मेरो गाउँ
मेरो ठाउँ
घर गोठ र मेरो ओछ्यान
मेरो निन्द्रा मेरो सपना
सबैतिर खोजेँ मेरी शान्ति
तिमी कहाँ छ्यौ ?

तिम्रो आगमनको प्रतिक्षामा
म भोक न निन्द्रा भएर बसेको छु
आऊ ! मेरो मनभरि आऊ !
हामी दुबै जाउँ
कुनै जङ्गलको एकान्तमा
एक अर्कामा हराऔँ
हात समाएर रमाऔँ
तर
तिम्रो दर्शन नपाएर छटपटिएको छु
मेरी शान्ति
तिमी कहाँ छ्यौ ?
………………..
………………….
………………….
आदि आदि ।

पत्रिका आज बिहानै युवकको छिमेकी, युवकसँग सामान्य हिमचिम थाहा पाएर केही दिन पोखरातिर पठाइएकी शान्ति नाम गरेकी केटीको बाबुको हातमा परेछ । उनले पनि कविता पढेछन् र रिसले चुर भएर युवकलाई घर अगाडिको बाटोमा बेस्सरी ठटाएछन् ।

हैट ! कवितामा बिम्ब र बस्तुको संयोग मिल्यो भने पनि अप्ठ्यारो पो पर्ने रहेछ त । कविता लेख्न मन पराउने म लठुवा पनि कतै यस्तै फसादमा फँसेर मण्डी धुलाइमा त पर्दिन ? एक पटक आङ जिरिङ्ग गर्‍यो । मनभरि यही कुरा खेलाउँदै म दमकतर्फ लागेँ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x