साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गह्वर

तिलश्मी गह्वर अँध्यारोमा हराउँदै चल्छ छानाहरु उधारेर भित्ताहरु भत्काएर अँध्यारो पाेख्दै हिंडेकाे उस्काे पाइला भरि अँध्यारो उम्रँदैछ विल्कुल अँध्यारो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

सस्ताे लाेकपृयताकाे आगाेमा
खरानी भएकाे महङ्गाे व्यक्तित्व
उदाउँछ हराउँछ
हरा।उँछ उदाउँछ
एउटा गह्वर ।

रात पर्न खाेजेकाे निकैबेर भयाे
अझै टाढै छ त्याे रात
सूर्य अझै रल्लिंदैछ बादलका किनाराहरुमा
किनभने धेरैबेर भयाे
हाप्सिलाहरुले त्यसलाई गाली गरेकाे ।

तर मेराे छिमेकीका निम्ति
रात परिसकेको छ
अघि नै सुनीसकियाे घाेप्टे लगाएकाे आवाज
धेरै अघि नै मरिसके
उज्यालाेका बचेराहरु
पश्चिमकाे हावाले ताराहरु बाेकेर ल्यायाे
उत्तरका पाहाडहरुमा कालाे पाेतियाे
चिसाे बढाउँदैछ मुटुका कलेवरमा
नीलाे हुँदैछ ओठकाे बाहिरी तह
अस्थिर आशंकाले काम्दैछ मन ।

म पनि त झ्यालकाे आडमा
तन्द्रासंग जिस्किंदैछु
टाढा कतै किर्तनमा भेला भैसके गृहिणीहरु
अलि जाेडले काम्दैछ मन
बत्ती निभाउँ कि
झ्याल बन्द गराैं कि सुत्ने तयारीमा ।

दिनभरि गर्मी पाेखेर चर्किरहने त्याे घाम
पश्चिम आकाशको भित्ताे मुनिबाट
उज्यालाेका धर्साहरु फालेर
अँध्यारोसंग जिस्किंदैछ
गुलेली लिएर निस्किए शिकारीहरु
बासका बचेराहरु झार्न ।

गलामा खप्परकाे भद्दा माला भिरेका जाेगीहरु
राति रातिसम्म आगाेका फिलुङ्गाे उडाउँदै
परम्पराकाे खिल्ली उडाउँने
गाँजाका भाेगीहरु
अँध्यारोसंग चुुपचाप बातचीत गर्दैछन्
भर्खरै एउटा राताे शिकारी कुकुर
जङ्गलले निलेकाे हल्ला चल्याे
त्यसका मुखबाट ज्वालामुखी भुकाइ उम्कँदै थियाे

एउटा ठूलाे शहर पहेंलो धूवाँमा चुर्लुम्म डुब्छ
आफूलाई आवाज ननिकाली
एउटा कालाे गह्वर शहर पस्छ
टाढा कतै बच्चाहरु बाबू पुकारेर राेएकाे आवाज सुनिन्छ
तिलश्मी गह्वर अँध्यारोमा हराउँदै चल्छ
छानाहरु उधारेर
भित्ताहरु भत्काएर
अँध्यारो पाेख्दै हिंडेकाे उस्काे पाइला भरि
अँध्यारो उम्रँदैछ
विल्कुल अँध्यारो ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x