साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को शक्तिशाली ?

अनि तपाईँ जति नै 'सम्पत्ति' जोड्नुस्, 'शान' दिनोस् तर अन्तमा हुनुपर्नेछ 'समाप्त' र बन्नु हुनेछ 'लास' । अनि लास उठाउन पनि चाहिन्छ 'बाँस' । यहाँ पनि 'स' कै नाटक ।

Nepal Telecom ad

प्रमोद अमात्य :

मैले एउटा रमाईलो खोज गरेको छुँ यानेकि ‘गाईजात्रे’ खोज । खोज, शोध, अनुसन्धान गर्न म पिएच डी वाला डाक्साब त हैन । हुन त आजकल पिएच डी वाला फालाफाल छन् अरे त्यसैले अरूले खोजगर्ने मौकै पाउँदैनन् । हुन त मेरी श्रीमतीलाई पनि बुडाले पिएच डी गरोस् र डाक्साब बनोस् भन्ने ठूलो इच्छा चाहना थियो । नढाँटी भन्नुपर्दा अरुका सामु डाक्साब श्रीमानसँग हिँडने ठलो रहर थियो । उनका सहेलिहरूले आफ्ना डाक्साब श्रीमानसँग हिड्दा उनलाई ईर्ष्या हुँदो हो ।डाक्साबबन्न नसके पनि खोज चैं गरेकोछुँ ।

माथिका गफहरूलाई थाँति राखेर ‘गाईजात्रे’ खोजतिर लागौं । मेरो खोजको विषय छ नेपाली वर्णमालामा वा नेपाली लिपीमा सबभन्दा शक्तिशाली अक्षर वा वर्ण कुन हो ? सरल तर कठिन विषय । कुन होला तपाईँको विचारमा ? सोच्दै गर्नुहोला ।

खोजमा केही कुरो पहिल्यै मान्नु पर्छ । मानौ ‘जसले अलमल गर्न सक्छ झुक्याउन सक्छ त्यो नै शक्तिशाली हुन्छ’ । जस्तै देशको सन्दर्भमा, जनतालाई सार्वभौम बनाउँछु भन्छ तर आफै सर्वेसर्वा बन्छ र जनता झुक्याउँछ- यस्ता नेता शक्तिशाली हुन्छ ।

नेताले गरीबको भोक, शोक, अभाव हटाउँछु भन्दै अलमल गर्छ र आफ्नो गरीबी भगाउँछ । जनतालाई नेताले कसरी फसाउँछ तलको मुक्तकले पनि भन्छ:

प्रजातन्त्रको नाराले लठ्यायौ जहिले
गणतन्त्रको चाराले लोभ्यायौ कहिले
छिमेकीको पाउमा शीर झुकाउँदै
संविधानको धाराले डुबायौ अहिले ।।

यस्ता नेता नै शक्तिशाली हुन्छन् ।

त्यस्तै घर परिवारमा- विवाह अगाडि श्रीमतीजी मेरो राजा, मेरो हिरो भन्ने, विवाह पछाडि हिरो हैन जिरो बनाउने झुक्याउने श्रीमती नै शक्तिशाली हुन्छ भन्दा कसैको दुईमत नहोला ।

त्यस्तै नेपाली वर्णमाला पनि झुक्याउने वर्ण शक्तिशाली हुन्छ । अत: नेपाली वर्णमालाको ‘स’, ‘श’अनि ‘ष’ वर्ण झुक्याउने र शक्तिशाली हुन्छ ।भन्दा नै पातलो ‘स’, मोटो ‘श’ र पेट चिरेको ‘ष’ भन्नु पर्ने । हुन त अधिकांश नेपालीहरूले तीनै किसिमका ‘स’, ‘श’ र ‘ष’लाई ‘स’ नै उच्चारण गर्छन् तैपनि लेख्दा फरकफरक लेख्ने चलन हुन्छ । यही उच्चारणको लफडाले मलाई ईन्डियामा समस्या नै परेको थियो । पसलमा ‘शर्ट’ कमिज किन्न जाँदा ‘सर्ट’ कट्टु भिडाएर हैरान नै बनाए । साँच्चै भन्नुपर्दा मैले माथि लेखेको सर्ट हो कि शर्ट हो अझ थाहाछैन ।त्यतिमात्र हो र ? पेट चिरेको ‘ष’को उच्चारण त आजसम्म पनि मलाई थाहाछैन । शायद कसैले बताउने चेष्टा पनि गरेनन् । अर्कोकुरा यो ‘ष’ आखिर ‘स’ हो कि ‘ख’ ? यो पनि कहिल्यै जानिएन ।षडयन्त्र कै उदाहरण लिउँ न कसैको भनाई छ यो षडयन्त्र (सडयन्त्र) लाई कसैले षडयन्त्र (खडयन्त्र) गरी षडयन्त्र बनाए । कोही भन्छन् यो षडयन्त्र (खडयन्त्र) नभएर षडयन्त्र नै हो ।वास्तविकता जे भए पनि अलमल चैं पक्कै हो ।

अब गरौं ‘स’,’श’ र ‘ष’को शक्तिको कुरा । शक्तिको शुरूवात नै ‘श’बाट हुन्छ । जीवनको अस्तित्व नै ‘सास’ मा अडेको हुन्छ । दुबै अक्षर पहिलो र अन्तिममा ‘स’। सासमात्र फेरेर मान्छेलाई कहाँ पुग्छ र ? सासपछि मानिसलाई आवश्यक पर्छ ‘गाँस’ । यो पनि ‘स’ मै टुंगिन्छ । गाँससंगै मानिसलाई चाहियो ‘बास’ । यो पनि ‘स’मै अन्त हुन्छ । अनि त्यस्तै चाहियो’कपास’ । बिना कपडा नाँगै कहाँ बाँच्न सकिन्छ समाजमा ? कपास पनि आखिर ‘स’ मा नै गएर टुंगिन्छ ।

जीवनका मूलभूत आवश्यकताहरू पूरा भएपछि मान्छेलाई अँठ्याउँन थाल्छ ‘आस’ ले । कसैलाई ‘सम्पत्ति’, ‘सुन’को आस । कसैलाई ‘सुरा’को आस । कसैलाई भने ‘सुन्दरी’को आस आदी इत्यादि । जताततै ‘स’ कै खेल ।

अनि यो आसबाट जन्मिन्छ ‘समस्या’ । यी समस्याहरू सुल्झाउन चाहियो ‘सरकार’ र ‘सत्ता’ । सत्ताले जन्माउँछ नेता । जहाँ पनि ‘स’ कै शासन । नेता दिल्लीको सिल्ली वा विदेशीको दास बनेर ‘घाँस’ खानथाल्यो भने वा’जूस’ नखाएर ‘घूस’ खानथाल्यो र जनताको ‘विश्वास’ टोड्न थाल्यो र ‘षड्यन्त्र’ गर्न तिर लागेभने देशको हुन्छ ‘विनाश’ । सबै ‘स’,’श’ र ‘ष’ कै चलखेल अनि ‘सक्किगोनी’ !!

अनि तपाईँ जति नै ‘सम्पत्ति’ जोड्नुस्, ‘शान’ दिनोस् तर अन्तमा हुनुपर्नेछ ‘समाप्त’ र बन्नु हुनेछ ‘लास’ । अनि लास उठाउन पनि चाहिन्छ ‘बाँस’ । यहाँ पनि ‘स’ कै नाटक ।

कस्तो लाग्यो त मेरो खोजको खेल ? अझ स्पष्ट भन्नुपर्दा कस्तो लाग्यो त म ‘बकम्फूस’ को ‘बकवास’ र ‘बुद्धिविलास’ ? खासकुरो त अझ बाँकि नै छ, मेरी श्रीमतीको नाम पनि ‘श’ बाटै शुरूहुन्छ अनि भन्नु परेन त ‘स’, ‘श’ र ‘ष’ नै शक्तिशाली हुन्छ भनेर । कि कसो ? अस्तु ।।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
0
Would love your thoughts, please comment.x
()
x