साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा मान्छे

बजारमा जे देखे पनि उसैलाई जाेडेर झटाराे हान्छु अर्कै प्रसङ्गकाे कुरा चल्दा पनि कुरा माेडेर उसैमा लान्छु मलाई ऊ डल्लै मन पर्दैन मेराे मन पर्नु नपर्नुले केही गर्दैन ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

राजनीतिमा एउटा मान्छे छ
मलाई ऊ मनपर्दैन
तर मेरो मन पर्नु नपर्नुले
केहि पनि गर्दैन ।

हरेक पल्ट चुनावमा ऊ उठ्छ
ऊ जितोस भनेर मान्छेहरु भोट हाल्छन्
ऊ हारोस भनेर म धूप हाल्छु
मेरो धूप हाल्नु नहाल्नुले केहि गर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।

मेरोलागि अनर्गल शब्दहरुमा
ऊ बारम्बार बोलिरहन्छ
जब ऊ बोलिरहन्छ
मलाई भित्रभित्रै पोलिरहन्छ
ऊ माथि उडिरहेको देख्दा
म तल ओर्लिएर उसैलाई गाली गर्छु
उसको शान सौकतको उँचाइ देख्दा
म अन्तरकुण्ठाको अँगेनुमा हामफाली मर्छु
तर मेरो हर्कतले केहि गर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।

उसका समर्थक मान्छेहरुलाई
चोकमै चिथोरौं जस्तो लाग्छ
उस्को बिरोधमा भित्ता भित्तामा
छाडा शब्द कोरौं जस्तो लाग्छ
मलाई देशको अत्यन्त माया लाग्छ
मेरो नजरमा ऊ देशद्रोही हो
म ऊ खाल्डोमा गिरोस् भन्ने कामना गर्छु
तर उल्टो ऊ उचाईको आरोही भो
हरेक पल्ट ऊ बिरुद्धको बीष बमनले केहि गर्दैन
मलाई एउटा मान्छे मन पर्दैन ।

उसलाई ताली बजाउँनेहरुलाई
म झोले भन्छु
उसकाे समर्थनका पछुवाहरुलाई
म टोले भन्छु
उसलाई पोखिएका बिरोधका शब्दहरु
मलाई अत्यन्त पृय लाग्छ
मेरो अन्तष्करणको आक्रमणले
बारम्बार उसैलाई ताक्छ
तर पनि मेरो वितृष्णाले
केहि खालो सर्दैन
मलाई एउटा मान्छे मनपर्दैन ।

आजभोलि फेसबुकका पानाहरुमा
म उसैलाई गाली गरीरहेको हुन्छु
मेरा अन्तरका फोहोरहरु
उसैतर्फ फालिरहेको हुन्छु
नानाभाँती झुट खबरहरु कोरेर
उसकाे सत्यतालाई चुनौती दिन्छु
सामाजिक मर्यादामा नपच्ने तस्वीरहरु जोडेर
आफ्नै तहमा उसकाे हुर्मत लिन्छु
मलाई थाहा छ
मेरो कार्यले उसकाे रौं पनि झर्दैन
मलाई एउटा मान्छे मन पर्दैन ।

उसले बाेलिरहेकाे प्रसङ्गबाट
एउटा वाक्य फुत्त झिकेर
अर्कै अर्थ लाग्नेगरी बजारमा फालिदिन्छु
अन्तर कुण्ठाकाे फाेहाेरी आहालमा
उसका दुर्नाम अक्षरहरु पाेकाे पारेर
आत्म सन्तुष्टिकाे रागमा छप्ल्याङ्ग हालिदिन्छु
बजारमा जे देखे पनि
उसैलाई जाेडेर झटाराे हान्छु
अर्कै प्रसङ्गकाे कुरा चल्दा पनि
कुरा माेडेर उसैमा लान्छु
मलाई ऊ डल्लै मन पर्दैन
मेराे मन पर्नु नपर्नुले केही गर्दैन ।

अक्सर गरेर आजभाेलि
उस्कै बिराेधका कुरा लेख्छु
कतै कहीं ब्यञ्जनाका बक्र भाषामा
उसकै अनुहार झल्झल्ती देख्छु
जब ऊ कहीं कतै बाेलिरहेकाे हुन्छ
मलाई भित्रभित्रै पाेलिरहेकाे हुन्छ
राजनीतिमा एउटा मान्छे छ
मलाई ऊ मन पर्दैन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
चुनाव ??

चुनाव ??

खगेन्द्र नेउपाने
बूढाकाे सत्ता ढाल

बूढाकाे सत्ता ढाल

खगेन्द्र नेउपाने
मेराे काेही दुश्मन छैन

मेराे काेही दुश्मन छैन

खगेन्द्र नेउपाने
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
फुल्ने इरादा भए

फुल्ने इरादा भए

नदी भट्टराई
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
खरानीको होली

खरानीको होली

फित्काैली डटकम
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x