साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो लभका कुरा नगरम्‌

हन तपाईंका लभ स्टोरी सुनेको मान्छे परियो कि हार चैं खाको छैन अझै त । लगानी धेरै प्रतिफल शूण्य हौ दाजु यो लभ बिजिनेसमा पनि । उता गाउँघरतिरको खेती जस्तै नि ।

Nepal Telecom ad

जेन काइजेन :

डियर काल्दाइ,
यो चुनाबी ज्वरो चढेको बेला प्रणय दिवस परिदिएछ । म ता कतारतिरै भासिएको छु । यसो कुरा गर्न पनि पाइएको छैन । तपाईं पनि एक होनहार योद्दा हो नि सम्झिनुहोस् त । तपाईंले आफ्ना रागिला दिनमा उता जङ्गलतिर गएर रुखमा खोपेका नामहरु । बाँसका झ्याङ्गमा समेत तपाईं काँटीले नामहरु कुँद्नुहुन्थ्यो नि । ऊ बेलाका चल्तिका हिरोहरु जस्तै बाल लर्काएर, पेन्टको पछाडि पाकेटमा काइँयो हालेर, साइकलका हेन्डलमा राता घन्टि फूल सिउरेर, हिन्दी गीतका ट्युनमा सुसेली मार्दै बजार झर्नुहुन्थ्यो । अझ भन्नपर्दा त सेन्डो गन्जी (आजकल त ट्यांक टप भन्छन् क्यारे ) सेभेन्टिजको ह्‌वार्लाङ्गे पेन्टमा टक गरेर, यत्रा हिल भएका बुट र आख्ले चस्मा लाएर हिड्नुभको अहिलेजस्तो लाग्छ । भन्नु नै पर्दा त्यो बेलाको हिप्पी हुनुहुँदो रहेछ काल्दाइ । अहिलेका भाषामा सत्तरीका दशकको जेन्जी भनौं न ।

यी पुराना कुरा निकालिसक्नु भा पो त । सुइटर उधारेजस्तो फिरिरि आउँछन् दिमाखमा । तपाईं उता दार्जेलिङतिर भागेको कुरा चै भो नभनुम् होला । आज अचानक तपाईंको भ्यालेन्टाइन डे सम्बन्धि स्टेटस देख्ता पो अलिक कुरा उक्काउन मन लागेको नि । अब ऊ जमानाको जस्तो रुखमा नाम खोप्ने, जाली रुमाल बुनेर चिनो दिने जमाना सक्किए क्या काल्दाइ । अब त रेड रोज दिने, चकलेट दिने, टेडि दिने जमाना पो आए त । हग डे, किस डे का कुरा अब के भन्नु तपाईंलाई । फेसबुकैमा आगो छाद्नुभएछ हग डे का बारेमा त ।

तपाईं बूढो हुनुभो भन्न नि नमिल्ने तर अपडेट हुन नि नचाहने क्या । ठ्याक्कै हाम्रा नेता जस्तो । हामी जेन्जी पुस्ताको प्रतिनिधित्व गर्छौ भन्ने तर फेरी उही ग्याँस घरघरमा भन्ने, सुकुम्बासीका हातहातमा धनीपूर्जा भन्ने, बृद्दभत्ताकै गफ दिने । नयाँ जमाना नयाँ बात त बुझे पो ।

काल्दाइ आजकल लभको नयाँ प्याटर्न छ क्या । न्यू आइडिया, न्यू टेक्नोलोजि, स्मार्ट लभ । यो सबै तपाईंका अद्र्धमुदित दिमागले टिप्दैन अब । म त भन्छु, चुप्प लागेर रमित हेर्नु । त्यसैमा तपाईंको कल्याण छ । यो गाली नि हैन, अर्ति नि हैन । स्ट्रेट फर्वाड कुरो हो ।

म त यता खाडितिर आको कति भो कति भो । लास्ट यर त मेरो एक महिनाको स्यालरी नै अनलाइनबाट रेड रोज र टेडि अडर गर्दा सकियो । कसरी भन्छौ भनें बाह्र जनालाई चकलेट पठाइयो, दुई चार वटा टेडि पठाइयो अनि अनलाइन हग र किसतिर नि लागियो । यसपाला चैं त्यो उटाङ्गिमा लागिदैन है दाइ । “यसपालि त सात जनाले मात्र रोज दियो । म त त्यतिकै स्याड भैराका”, भन्ने मलाइकाको मेसेज पढेपछि पो म त झल्यास्स भाको हो काल्दाइ । तैट पसिना त बालुवामै गएछ नि ।

एउटा कुरा कि काल्दाइ, लभ चैं तपाईंको पालाको नै सस्तो र टिकाउ । अहिले त यसो बात गरो भिसी आउ भन्छ । अब आफूले कत्रो ब्याकग्राउन्ड मिलाको हुन्छ । सुपरभाइजर हो साइप्रसतिर, आफ्नै अपार्टमेन्ट छ भनेको हुन्छ । नाइट कल हान्दिन्छ हो उताबाट । नउठाउँ ब्लक हान्दिन्छ, उठाउँ बङ्क बेडमा देखेर खाडिको कुल्ली भन्दिहाल्छ । कसैसँग अलिक कुरा मिल्न थालो कि रिचाज हाल न हो भन्न थाल्छ । अनि कुराले यसो गति लिन थालेपछि त मोबाइलकै डिमान्ड हान्दिहाल्छ । एक दर्जन मोबाइल पनि बाडियो होला तर टिकेन हौ दाजु ।

हन तपाईंका लभ स्टोरी सुनेको मान्छे परियो कि हार चैं खाको छैन अझै त । लगानी धेरै प्रतिफल शूण्य हौ दाजु यो लभ बिजिनेसमा पनि । उता गाउँघरतिरको खेती जस्तै नि । मल भन्यो, बिउ भन्यो, दबाइ भन्यो, पानी, बत्ती गर्दा किसानीमा पनि लास्टमा केहि हुँदैन । उहि खान ठिक्क । यता मरुभूमिमा बसिएको छ, यसो मायाको शितल खोजौं भन्यो सेलेरी त्यतै डामिन्छ । खै अभागी खप्पर जता गए ठक्कर त होला नि ।

काल्दाइ हौ यो कुरा हामी हामीमा सिमित रहोस् है । बात गर्न त यो गन्जागोलमा अप्ठेरो छ । हाम्रो रुममा १२ भाइ छौं । बरु भोइस मेसेज छोडिराख न, म रिप्लाइ दिउँला न । माइन्ड नगर्नू कि यो भ्यालेन्टाइनको कुरा चैं फेसबुकमा नलेख ल । लास्ट ह्याङ्ग हुन्छ मलाई त । माइन नगर ल । कुरा अलि तितरबितर भए । मिलाएर बुझ न ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाले

भाले

शेषराज भट्टराई
परिणाम यहि त होला ?!

परिणाम यहि त होला...

रामकृष्ण ढकाल
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x