जेन काइजेनबिरालाको बयान
हो, त्यो बार्तालाई फेरी डिकोड गराएर मानब भाषामा उतार्न परो । त्यति काम गर्न सकेउ भने आउँदो सम्बत्को त्यो नोबेल पुरस्कार कता जाला बिचार गर ।’ भान्जा अवाक भएको म भिडियो कलमा देख्तै थिएँ ।

जेन काइजेन :
थाहा छ मलाई तपाईं मेरो कुरा पत्याउनुहुन्न भन्ने । तर म सत्यको खोजी गर्ने मान्छे हुँ, बुझ्नुभो ? त्यो पैसा डढेको एआईको कमाल हो भन्दा पत्याउनुभएन हैन त ? दुनियाँ कहाँबाट कहाँ पुगिसको तपाईं चाहिँ उहि ‘अनिरुद्र पाँडे भनी नाम गर्याका…’ भनेर बस्नुहोस् न ।
मेरो कन्ट्याक सिधै नासामा छ । मान्छे यता डढेका पैसाको भिडियो सक्कली कि नक्कली भनेर बस्याछन्, मैले डाइरेक उता कन्ट्याक गरेँ । उताबाट भान्जाले भने, ‘मामा पर्मान पेल्नू ।’ तपाईं भए उहि खरानी, डढेका नोटका ठूटा अनि भिडियो सिडियो पेल्नुहुन्थ्यो । हो कि होइन ? लु छातीमा हात राखेर, कुल देउता भाकेर भन्नू त । म चैं सधैं एक कदम अगाडि हो क्या यो मामिलामा । एभरेज माइन्डले सलाइ खोज्दाखोज्दै अघि अगुल्टो झोस्ने मान्छे हुँ म भन्ने कुरा त कसैलाई था छैन ।
मैले भान्जालाई भनें, ‘भान्जा, मसँग प्रत्यक्षदर्शी छ । तर भाषा डिकोड गर्न सक्नुपरो तिम्रा तर्फबाट ।’ अनि मैले नेताज्यूकहाँ आपदकालिन अवस्था हुँदा कतै कुनामा लुकेर बसेको बिरालो भान्जालाई चट्ट भिडियो कलमा देखाइदिएँ । भान्जा एकछिन् मुर्छा परेर हाँसे । मामा नि सधैं जोक गर्नुहुन्छ भने । भान्जा पनि कसरी नासामा छिरेछन् भन्ने कुरामा संसय त जाग्यो मनमा तर फ्याट्ट बोल्न पनि त भएन । एउटा साथीले अस्ति भर्खरै मेरो त ज्वाइँ गुगलमा हुनुहुन्छ भन्थ्यो । पछि कुरा बुझ्दा त गुगल यातायातका कनिष्ठतम् कर्मचारी रहेछन् ज्वाइँराजा त । तर मेरा भान्जा त्यस्ता होइनन् भन्ने पूर्ण विश्वास छ मलाई ।
मैले निकैबेर लाएर भान्जालाई त्यस खास बिरालोका बारेमा जानकारी दिएँ। सिधै बेडरुममा पहुँच भएको र मालिकहरुका काखमा निर्धक्क लुटुपुटु गर्न सक्ने त्यस बिरालोले नदेखेको र नसुनेको केही छैन भन्दिएँ भान्जालाई । यो कुरा ढिला हुँदै गयो भनें बिरालाको मेमोरी पनि त ल्याप्स हुँदै जान सक्छ नि। अनि मुसाहरुको संसर्गमा आयो भने त पुरै मेमोरी कोल्याप्स भैजान सक्ने सम्भावना पनि भन्दिएँ उनलाईं । बल्ल पो भान्जालाई रियलाइज भएछ, अनि भान्जा बुरुक्क उफ्रे र भने, ‘मामा यु आर ग्रेट, यु डिजर्भ नोबेल प्राइज,’ ।
भान्जाले नोबेल प्राइजकै लायक भन्दा त्यति खुशी मानिहाल्ने मान्छे त हैन म तैपनि बा नाम आइहालो कि भनेर पत्रपत्रिका हेरेंछु मैले त । कुनै लोभ र आश चैं हैन है । नाम आइहालो भनें देशका लागि भएनि पुरस्कार ल्याइदिन पर्ला र त्यो पुरस्कारको धनराशीले नेपालीका थाप्लामा परेको राष्ट्रिय रिण चुक्ता गरिदिन पर्ला भन्ने सानो सोच बनाएको थिएँ । नाम परेनछ । ढुक्कै भयो ।
अनि भान्जाले त्यति पारा ल्याउलान् जस्तो लागेन र आफैले यताबाट आइडिया पेल्न परो अब भनेर सिकाउन थालें । ‘हेर भान्जा, यो बिरालो घटना बृत्तान्तको साक्षी हो । यसले इतिहासदेखि बर्तमानको धोती न टोपी हुने अवस्थासम्मको सारा बिवरण मगजमा राखेको छ । त्यो सबै कुरा थुत्न परो । त्यसका लागि तिमीले त्यताबाट एउटा एआइ चिप्स जडित बिरालो खडा गर्नुपरो र मसँग भएको बिरालीसँग बार्ता गराउन परो । हो, त्यो बार्तालाई फेरी डिकोड गराएर मानब भाषामा उतार्न परो । त्यति काम गर्न सकेउ भने आउँदो सम्बत्को त्यो नोबेल पुरस्कार कता जाला बिचार गर ।’
भान्जा अवाक भएको म भिडियो कलमा देख्तै थिएँ । उनको अनुहारको भावभङ्खिमा पेट काटेर आपद परेको मनुवाको जस्ता देखियो ? ‘कि सक्तौन त्यति गर्न ? आइडिया देकै छु‘ भनिसकेपछि मुश्किलले भान्जाले मुख खोलेर सक्दो प्रयास गर्ने कुरा जनाए । मलाई त रेलको तत्काल टिकट जस्तो कन्फम चाहिएको थियो । मैले फेरि खेरेँ र कबुल गराएँ ।
ट्याक्कै १३ घन्टापछि भान्जाको कल आयो । मामा यो सम्भव हुने भयो । भोलि तपाईंको बिरालो र मेरो बिरालो सम्बाद गराउँ, त्यसपछि हेरौंला के गर्न सकिन्छ । आफूलाई दिनभर छट्पटि भयो । बिरालो खोज्दै कोहि आउला कि भन्ने पीरले त्यसलाई काखैमा लिएर दिन कटाएँ । बल्ल भान्जाले कल गरे । एकछिनमा एउटा सप्रेको गजधुम्मे बिरालो भान्जाले स्क्रिनमा देखाए । एकछिन त बिराला चुपै बसे । त्यसपछि ङार्र ङुर्रबाट शुरु भएको मित्रालाप विविध कलाबाजीसँग करिब दश मिनेटमा टुङ्गियो ।
‘मामा यसको घुच्चुकमा यसका दिमागी गतिबिधि नियन्त्रण गर्ने गरी चिप्स जोडिएको छ । अब यी दुई बिचका सम्बाद पनि रेकड भएका छन् । तपाईंलाई छिटै नै म यो अन्तिम निष्कर्स सुनाउला न ।’
मैले कुरा गोप्य राखिरहें । अब उताबाट कुरा आएपछि एकैचोटि फ्ल्यास गरौंला र दुनियाँ चकित पारौंला भन्ने आफ्नो उद्देश्य थियो । महिना दिन बित्दा पनि भान्जाको कल आएन । मनमा अनेक शंका उपशंका उब्जिए। यो पापी मन यस्तै त हो । मैले सोचें यो पुरस्कारका लोभले भान्जाले सम्बन्धमै आगो लगाए । एक कल गर्न परो भनेर गरेको भान्जाले ब्लक हानेछन् ।
घरमा त कुरा चुहाएको थिएन मैले । आजित भएर दिदीलाई कल गरेको उल्टै दप्काउने टोनमा बोल्नुभो । ‘भान्जो बिजी छ अरे । फोन नगर्नु अरे । हेर भाइ, तँ माताको शरणमा जा । त्यो अलच्छिनी बिरालो चेपेर नबस् । कुन बोक्सीको बाहान हो तो बिरालो । तेरो माथा घुमाएछ । झारफूक गरिहाल,’ त्यति अर्ति दिएर दिदी अलप हुनुभो ।
मैले शुरुमै भनेको नि मान्छेले राम्रा कुरामा विश्वास गर्दैन भनेर । यी यस्तै त हुन्छ । अनि के गर्नु । म रहुँला वा नरहुँला अब कुनै दिन जनावरको भाषा उल्था गरे अरे भन्ने सुन्नुहुनेछ । त्यस दिन थाहा पाउनुहोला, म मान्छे कस्तो रहेंछु भनेर ।
०००
झापा
Subscribe
Login
0 Comments
Oldest







































