साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्फट मातासँगको भेट

भीड वर र पर कुदेर रमिता हेर्नमा र झाँक्री पुराण सुन्न सुनाउनमा व्यस्त थियो । पेट पनि रित्तिएर बटारिन थाल्यो । त्यो दैवीय खेलको छेउटुप्पो समाउन सकिएन । अनि पो झल्याँस्स चेत खुलेछ, ला आज त बिहानै धान काट्ने खेताला पो बोलाको थ्यो त ।

Nepal Telecom ad

जेन काइजेन :

पूर्बेली भनेपछि पुराना पुस्ताले काठमाडौमा भाडा नतिर्ने, उधारो हानेर देखा नपर्ने, काठमाण्डुका स्थानिय बासिन्दालाई भरिसक्य ससुराली बनाउने र त्यति नि गर्न नसके काँठेसँग मित साइनोसम्म भए नि लाउने भनेर चिनिन्थ्यो ।

पछि तीसको दशकमा आन्दोलनकारी जन्माउने गढ भन्न थालियो । आन्दोलन थन्किएपछि हुने बिचलनको कुरा अरुले नै गरुन् । अहिले तत्कालमा यो जेन्जी आन्दोलनको रापमा भनें यस उर्बर भूमीले अब सम्पूर्ण कपट, ठगी, हत्या, लुटले गर्दा यो पुण्य भूमी बिसाक्त हुन गयो भनिकन फटाफट माता उतार्ने र उफार्ने काम गरिरहेको छ । अस्तिको हप्ता मात्र सातजना छ्यात्‌छ्याती माताहरू माइखोलाका बगरमा बरक बरक उफ्रेको देख्नुभो होला नि उता मोबायलमा ? त्यस सँगसँगै माताहरूले आफैलाई ओझेलमा पारेको र यत्रतत्र सर्बत्र माताहरूको मात्र दबदबा बढेको भनेर झाँक्रीहरू समेत मैदानमा र्ओिर्लए । माथिबाट कछाड मात्र कसेका, रुद्राक्ष लगायतका माला धारण गरेका झाक्रिहरू माइ दोभानमा आए अकस्मात भनेपछि मैले आफूलाई थाम्नै सकिनँ । देउता चढेजस्तो भएर मेरो हंस माइ दोभानमा पुग्यो ।

बनकाले भेटेछ कि क्या हो मलाई त– त्यो माइकिनाराको ढयाङ्रोकोे, छिनछिन् बज्ने घुङ्गराको ताल मेरा कानमा यस्तरी ठोकियो कि म त बिन बाजामा लठिएको सर्प जस्तो कतिबेला माइ किनारामा पुगेंछु । हौ, त्यहाँ पुग्दाको दर्दनाक स्थितिको म कसरी बयान गर्नू शब्दमा ? मीठो बास्ना आउने फूल भनेर कसरी बुझाउनु शब्दमा ? त्यो बास्ना बुझ्न त तपाईंको नाकै चाहियो नि । हो त्यस्तै माई किनारको दृष्य सम्झाउन पनि मलाई एकछिन् तपाईंका आँखा पैँचो दिन परो ।

बिहानको हुस्से र खोला किनारको स्याँठ, नाङ्गा झाँक्रीहरू, कपाल फिँजारेर, दाह्रा किटेर बर्बराइरहेका झँक्रेनीहरू । हैट । अनौठो भाषा बोल्ने अर्कै ग्रहका दुईखुट्टे प्राणी जस्ता । एउटा दर्शक जस्तो मेरो छेउमा आयो र सोध्यो, ‘ती झँक्रेनीहरू के भका हौ ? सुक्न बाँकी कतै नभाका ?’ मलाई झनक्क रिस पनि उठो अनि भन्दिएँ, ‘तिमी हेर्न चैं के आको भाइ ? उता मेला बजारतिर जानू, फिलिम हलतिर जानू ।’ प्रश्नकर्ता ङिच्च गर्‍यो । त्यसलाई ठेगान लाउन मेरो उतापटि उभिएको एउटा अर्का ज्येष्ठ नागरिक बोले, ‘अब देउताले न खान टाएममा दिन्छ । उफारेको उफारेइ गर्छ । घोक्रो सुकिन्जेल फलाक्नू परो । अनि मान्छे हड्डी चमडी भैजान्छ नि ।’ त्यस उल्फट्याङलाई डोज पुगेछ क्यार । साइड लाग्यो ।

भर्खरै उत्रेका माताहरू उठ्दै पछारिँदै गर्थे । बर्बराहटका बीचबाट कोहि अर्थ खुट्याउदै थिए । कोहि धूप लाउने र अक्षता मार्ने थिए । कोहि भनें आफ्नो अलौकिक उत्पती कथा लगलग स्वर कम्पित गर्दै सुनाउदै थिए । तिनै भीडमा अलि पर एक त्रिशूलधारी माता देखिइन् । उनलाई घेरेर एक झुण्ड दर्शक उभिएका थिए । ती चमत्कारी माताको दर्शनमा म पनि भीड छिचोल्दै हान्निएँ । ओहो, ती चमत्कारी मातालाई त युट्यूबवालाले पो आसनमा बसाएको रहेछ । म पुग्नासाथ प्रश्नोत्तर शुरु भयो ।

० माता तपाईं त आफूलाई काली माताको औतार भन्नुहुन्छ, हो त यो कुरा ?
– नभै कसले भन्छ ? मलाई गर्भमै माताको कृपा भको । मेरी आमा कुमारी आमा । मलाई जनम दिएर बित्नुभो । अनि बनझाँक्रीले लगेर हुर्काको मलाई ।

० माता अनि तपाईं त मारण जागरण विद्यामा पोख्त भन्छन् नि ।
– मैले भन्ने कुरा हैन । सारा जगत जान्दछ । म मान्छे उठाइ पनि दिन्छु, सुताइ पनि दिन्छु । मेरो खिलापमा बोल्नेलाई रक्तका आँसु चटाइदिन्छु ।

० तर एउटा अफबाह पनि फैलाइएको रहेछ नि त तपाईंको बारेमा । तपाईको बिवाह एक अमूक व्यक्तिसँग भएको रहेछ । तपाईंकी एक सन्तान पनि रहिछन् । अनि तपाईं चाहिँ अविवााहित भन्नुहँुदो रहेछ । विषेशगरी सौता सिध्याइदिने ग्यारेन्टी दिएर पीडित महिलाहरूसँग गोप्य रुपमा पैसा एैठिनुहुँदो रहेछ । कुरा के हो ? यो कुरा आज ऐले नै तपाईंले स्पष्ट पार्न परो ।

त्यति सुन्नासाथ भक्त मध्यकी एक महिला हुत्तिएर भुइँमा पसारा परिन् अनि बिलाप गर्न लागिन् । युट्यूव टीमले झम्टेर तिनलाई हटाउन खोज्यो । तर माता कड्किन्, ‘छोड्दे । यसलाई परेको बिपद् मलाई माताले भनिसक्नुभएको छ । यता आऊ । तिमीलाई दुःख दिने अब बाँच्दैन ।’ माता कड्किएपछि ती दुखी आत्मा छेउमा आइन् र माताको पाउ समाइन् । भिडियोवालाहरू वाल्ल परे । माताले पनि दुई पैसे युट्युबे वजियाहरू भन्ने बुझेकी रैछन् क्यार ! त्यो अन्तिम प्रश्नपछि तिनीहरूलाई बाल दिइनन् । महिलाको कैरन सुन्न थालेपछि भिडियोवाला छेउ लागे । महिला भन्दै गइन्, माता ‘मलाई था छ, मलाई था छ’ भन्दै बकाउँदै गइन् । महिलालाई देउता चढेजस्तो भयो ।

भीडले युट्युबवालाका वाइयात प्रश्नमा त्यति वास्ता गरेन । त्यस्ती उत्फट मातालाई त्यसै आरोप लाएकोमा त्यो भीड बरु हल्का क्रुद्द बन्यो । तर केहि क्रान्तिकारीहरू भनें बाठा भएर भन्दै थिए, ‘यी माताहरू आफ्नो घर बसाउन पनि नसकेका र आर्काको घर भँडुवा हुन् । घर बिग्रेका, सन्केका र विक्षिप्त हुन् यी ।’ म त्यस्तो लान्छना सुन्न डराएँ । बा कतै माताको सरापले खुन छादेर मरिने पो हो कि भनेर कोर्से पर्दै हिँडेँ म । माता मैले त्यस्तो बोलेको छैन है । अचानक सुन्या मात्र हो । म प्रायस्चित गर्न तयार छु । माइमा परेवा उडाउन तयार छु ।

हुस्सु घट्नुको साटो बढ्दै थियो । यसो छामेको आफ्नो ज्यानको एकमात्र फिलफिले सर्ट लफ्रक्कै भैसकेको रहेछ । वरिपरि हेर्दा भीड वर र पर कुदेर रमिता हेर्नमा र झाँक्री पुराण सुन्न सुनाउनमा व्यस्त थियो । पेट पनि रित्तिएर बटारिन थाल्यो । त्यो दैवीय खेलको छेउटुप्पो समाउन सकिएन । अनि पो झल्याँस्स चेत खुलेछ, ला आज त बिहानै धान काट्ने खेताला पो बोलाको थ्यो त । अब आज घरमा बाले चिन्ता राख्ने भए भनेर फाडद्वाल कसेर उडेँ म घरतिर ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x