साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालकाे काल छैन

बालीको प्राण चुस्ने सलह सरहको निर्दयी बन्नु व्यर्थ बर्षाको भेल जस्तै तहसनहसमा लाग्नुको छैन अर्थ मोती स्वर्ण हिराको तडकभडकमा कर्मको ख्याल छैन हेक्का राखौं सबैका अटल हृदयले कालको काल छैन।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो” :

पात्रोमा बार, हप्ता, अनि दिन महिना लेखिएको सबै छ
ताराको चन्द्रमाको छ सहज गणना पूर्णिमा देखिदैछ
बाँच्ने मर्ने सबैका मन र समयको तालमा ताल छैन
भत्केको जिन्दगानी सरस गरिदिने सालको साल छैन।

आँधी चल्दा मुनाले सुमधुर लयमा गीत भन्छन् पुरानो
उर्लेको तीव्र बाढी र प्रलय बहदा पार्छ धर्ती बिरानो
देख्दा प्यारो सुगन्धी उपवन रसिलो लाग्छ बाधा हुदैन
चाहे नाचोस् धरा यो तर किन मनको चालमा चाल छैन।

आशाको भेलमा ऊ जब बहन गयो ठोकियो कन्दरामा
साथीसंगी थिए जो अविचल तन भै मौन लत्रे धरामा
भाला बोकेर गद्दी विचरण गरिदा मूठको याद छैन
चित्रो जस्तै बनेका विकट समरका ढालको ढाल छैन।

बालीको प्राण चुस्ने सलह सरहको निर्दयी बन्नु व्यर्थ
बर्षाको भेल जस्तै तहसनहसमा लाग्नुको छैन अर्थ
मोती स्वर्ण हिराको तडकभडकमा कर्मको ख्याल छैन
हेक्का राखौं सबैका अटल हृदयले कालको काल छैन।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
समाचार

समाचार

शम्भु गजुरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x