साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिनाकाम दामैदाम

गालीको बदला दिई वचनको फ्याङ्लो उही तालको मौकामा घर भर्दछन् नगदले साझा यही चाल हो राजाको धनको हिसाब नहुँने मन्त्री त्यही लाममा खोक्रा भाषणमा सुधार गरिए उस्तै छ अन्जाममा ।

Nepal Telecom ad

शम्भु गजुरेल :

झापाबाट चुसे मुसो जब हिड्यो नाङ्गै थियो पैदल
अर्को एक इलामको सर थियो बोक्रो चुसेको फल
कोही मोरङका थिए उडुस झैँ चाम्रो भएकाहरू
त्यस्तै नैँ धनुषा र रौतहटका जुङ्ग्रुङ्ग च्याङ्ग्राहरू ।

जुम्ला धादिङ बर्दिया तनहुँका ब्वाँसा चुसे नैँ थिए
गोर्खा दाङ र बैतडी धनकुटे भोका मुसा नैँ थिए
आए जो सब एक झैँ सडकका लुच्चा मगन्ते थिए
सत्ताको तर मार्न उद्दत भए हात्ती बने ढाडिए ।

रैती वा नृपका अनेक नमुना उस्तै चुस्याहा भए
ताली भक्त जमातको गजबको सुन्दा फुरुङ्गै हुँने
गर्दैनन् कछु काम मात्र गफले भुट्छन् प्रजाको मन
भोकै छन् भरिया सबै कपुत ती भोग्छन् सुखी जीवन ।

गालीको बदला दिई वचनको फ्याङ्लो उही तालको
मौकामा घर भर्दछन् नगदले साझा यही चाल हो
राजाको धनको हिसाब नहुँने मन्त्री त्यही लाममा
खोक्रा भाषणमा सुधार गरिए उस्तै छ अन्जाममा ।

जो जो संसदमा गएर करको धोक्रो निथार्छन् जब
केही काम बिना ठुला महलमा गर्छन् उनै ताण्डव
रम्छन् बंशजको अपाच्य कुतमा फेरिन्न चाला तर
नाच्छन् बाँदरका समान जनता ठाडो गरी पुच्छर ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
समाचार

समाचार

शम्भु गजुरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x