साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जालझेल गर्न सक्ने जादुगर हुन्छन्

बिहानैमा मध्य दिन पार्छौँ भन्छन् सबै समयको चक्र छिटो घुम्ने होइन कबै जालझेल गर्न सक्ने जादुगर हुन्छन् बात बेच्न सक्नेहरू ठुला नेता बन्छन् ।

Nepal Telecom ad

शम्भु गजुरेल “कुनाघरे काइँलो” :

सबै नेता सुटेड बुटेड गाडी चड्छन् उनै
काम छैन गाउँ शहर दौडेका छन् सधैं
सम्पत्तिको लेखो छैन सबै उस्तै उस्तै
पछाडिको कुकुर झुण्ड सबैको छ उस्तै ।

नारा लाउने स्याल आन्द्रे भोको छ
त्यही स्याल भन्छ मेरो साउ चोखो छ।

वापती वा हाडफोरा जे जे भए पनि
मोज गर्न घर पोली अन्तै गए पनि
धर्म बेचा कुकर्मीलाई बोक्छन् डोलेहरू
आफ्नो साउ देउता हो भन्छन् झोलेहरू ।

काँधमा ठेला उठ्या छ डोलेको
पेटको लाम्टा दोब्र्या छ झोलेको

मालिकको अर्चनामा आँखा चिम्म पार्छ
पल्लो डिलमा बस्नेलाई गाली मात्रै गर्छ
पल्लाघर हुँदा भ्रष्ट यता आए चोखो
अचम्मका खेतालाको भक्त बन्ने धोको ।

भेटेपछि कलियुगे हनुमान्
मख्ख पर्छन् चतुरे भगवान् ।

बिहानैमा मध्य दिन पार्छौँ भन्छन् सबै
समयको चक्र छिटो घुम्ने होइन कबै
जालझेल गर्न सक्ने जादुगर हुन्छन्
बात बेच्न सक्नेहरू ठुला नेता बन्छन् ।

नेता बाँडून् उधारो जागीर
नाङ्गै मर्छन् खेताला आखिर ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
समाचार

समाचार

शम्भु गजुरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x