साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाडोको लुगा

उसले पटुकाको फेरो फुकाउनु परेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी....बोकेर घर फर्कियो ।

Nepal Telecom ad

डा. रवीन्द्र समीर :

…पोहोर सालको जाडोमा दमले झण्डै खतम पारेको ! यसपालि त एउटा न्यानो ज्याकेट किन्नुपर्यो….। रिठ्ठेले पटुकाको फेरोमा बाधेको पैसा छाम्दै -छाम्दै बजारतिर लाग्यो ।

….यसको मूल्य अठार हजार, यसको बाह्र हजार, यो पातलोचाहिँको आठ हजार, यो स्वीटरको चार हजार….। रिठ्ठेले दुइपटक बजार परिक्रमा गर्यो र सरासर छेवैको भट्टीमा पस्यो ।

….यो तरल ज्याकेटको साठी रुपियाँ, यो तरल स्वीटरको बीस रुपियाँ यो तरल गलबन्दीको दश रुपियाँ…..।

उसले पटुकाको फेरो फुकाउनु परेन । इष्टकोटको भित्री गोजीबाट एउटा हरियो नोट निकाल्यो र नशा-नशामा ज्याकेट स्वीटर, गलबन्दी….बोकेर घर फर्कियो ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x