साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्मका रङ्गहरु

उसलाई वाक्क लाग्यो । ऊसँग भाषण सुन्ने धैर्य थिएन । उसले बीचमै भन्यो— ‘सक्नुहुन्छ भने मेरो धर्म हैन, यो दुःखी कर्म परिवर्तन गरिदिनुहोस् !’

Nepal Telecom ad

डा. रवीन्द्र समीर :

एक हुल गोरा तथा गहुँगोरा, टाइसुट लगाएका एवं खाइलाग्दा मान्छे अन्तरेको झुपडीमा आए । झोलाबाट नबुझिने भाषामा लेखेका पुस्तिका र लकेट दिँदै अन्तरेलाई भने— ‘हाम्रो धर्ममा लागेपछि तपाईंहरुलाई दुःखबाट मुक्ति मिल्नेछ, प्रभुले तपाईंलाई धन, सुख र शान्ति दिनुहुनेछ ।’

अन्तरेलाई आधा घन्टा के—के भने, उसले एकचौथाइ पनि बुझेन ।
अन्तरेले पहिले राखेका देवताका फोटाका ठाउँमा प्रभुको फोटो राख्यो । घाँटीमा लकेट झुन्ड्यायो अनि उनीहरुले बोलाएका बेला प्रार्थनामा गयो तर उसको स्थिति उस्तै रह्यो ।

केही महिनापछि अर्को टोली आयो । उसलाई रङ्गीन पोस्टर र सुनजस्ता पहेंला फोटाहरु दिए । उनीहरुले ‘शान्ति नै सुखको रहस्य हो’ भन्दै एक घन्टा भाषण दिए ।

अन्तरेले पहिलेका प्रभुको फोटाको ठाउँमा नयाँ देवतालाई राख्यो । सिकाए अनुसार ध्यान गर्यो । ध्यान बस्दा उसलाई सबैभन्दा बढी भोकको स्मरण भयो, रोगको स्मरण भयो ।

केही महिनापछि अर्को टोली आयो । ‘हाम्रो धर्मजस्तो विशाल अरु केही छैन । ईश्वरले हामीलाई जन्माए, हुर्काए र उनैले रक्षा गर्छन् तसर्थ पुरानो धर्म परिवर्तन गरेर हाम्रो धर्म अपनाउनुहोस्, दुःखबाट मुक्ति मिल्नेछ ।’

उसलाई वाक्क लाग्यो । ऊसँग भाषण सुन्ने धैर्य थिएन । उसले बीचमै भन्यो— ‘सक्नुहुन्छ भने मेरो धर्म हैन, यो दुःखी कर्म परिवर्तन गरिदिनुहोस् !’

०००
एकलब्य दृष्टि (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x