साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सीप

“के आउँछ त ?” उसले भनेन- राजनीतिका गफ गर्न आउँछ । “केही काम आउँदैन भने के मर्न आएको त ?” अरबाब रिसले मुर्मुरियो । यो उसको अरब पुग्नेबित्तिकैको कथा थियो ।

Nepal Telecom ad

डा. रविन्द्र समीर :

“तिमीलाई प्लम्बिङ आउँछ ?” कम्पनीमा पुग्नेबित्तिकै उसको अरबाब अर्थात् साहूले सोध्यो । उसले “आउँदैन” भन्यो ।

“हाउस वायरिङ आउँछ ?“ उसले अरबाबलाई जवाफ दियो, “आउँदैन हजुर ।”

“गार्डनिङ त आउँछ होला नि !” उसले अरबाबलाई प्रतिप्रश्न गर्‍यो, बगैचाको अनुहार त देखेको छैन, कसरी आउनु ?“

“पौडी खेल्न र रेस्क्यू गर्न आउँछ त ?” अरबाबलाई उसले जवाफ दियो, बाल्यकालमा अलिअलि पौडी खेलेको हो, बिर्सिएँ ।

“कार्पेन्टिङ आउँछ ?“ आउँदैन भन्नुअगावै उसलाई खलखली पसिना आयो अनि उसले घोसे मुन्टो लगायो ।

“मेसिनरी काम सिकेको छ ?” उसले इत्रुको मुख लगाउँदै भन्यो, “अहँ ! छैन ।”

“के आउँछ त ?” उसले भनेन- राजनीतिका गफ गर्न आउँछ ।

“केही काम आउँदैन भने के मर्न आएको त ?” अरबाब रिसले मुर्मुरियो ।

यो उसको अरब पुग्नेबित्तिकैको कथा थियो ।

शवगृहको फुर्सदिलो क्षणमा उसले सम्झियो- अरबाब निकै दूरदर्शी रहेछ । बजिया त ज्योतिष नै रहेछ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x