डा.रवीन्द्र समीरपेशा
बिहान, बेलुका छोराछोरीलाई पढाउँदा भने सधैँ भन्ने गर्छिन् –‘अलि राम्रोसँग पढ । धेरै पढेर ड्याडीजस्तै ठुलो डाक्टर बन्नुपर्छ ।’

डा. रवीन्द्र समीर :
‘तपाइँले न मलाई टाइम दिनुहुन्छ, न छोराछोरीलाई… ।’
श्रीमतीको गुनासो डा.शर्माले यसरी टार्दथे –‘के म घडी हुँ र टाइम दिने ? सबैसँग घडी छँदै छ नि ।’
घरमा स्वयम्भुझैँ बसिरहनु पर्दा श्रीमतीलाई दिक्क लाग्थ्यो । कहिलेकाहीँ सोच्थिन् –‘बुढालाई पनि कहाँ सुख छ र ? बिहानै उठेर क्लिनिक, त्यहाँबाट अस्पताल अनि साँझ फेरि क्लिनिक । जाडो, बर्खा, चाडपर्व, छुट्टी केही भन्न पाउँदैनन् । साँझ घरमा फर्किएपछि पनि बिरामीका फोन र पढाइले थकित हुन्छन् । बिचरा मेरा डा. बूढा ।’
सुत्ने बेला सधैँ गुनासो गर्थिन् –‘कस्तो पेशा छान्नु भएछ ? मेसिनभन्दा बढी व्यस्त ! डाक्टरसँग बिहे गर्नेजस्ता दुःखी अरू को होलान् ? न घुमफिर गर्न पाउने, न सुख–दुःख सेयर गर्न पाउने, न अघाउन्जेल कुरा गर्न पाउने, कर्म नै यस्तै भएपछि के गर्नु ? सहनै पर्यो…।’
बिहान, बेलुका छोराछोरीलाई पढाउँदा भने सधैँ भन्ने गर्छिन् –‘अलि राम्रोसँग पढ । धेरै पढेर ड्याडीजस्तै ठुलो डाक्टर बन्नुपर्छ ।’
०००
काठमाडाैं









































राम्रो। हरेक कर्तव्यनिष्ठ डाक्टरको नियति ।