साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच सय ! कति महँगो हो ?

गाई भए गोरस, डाक्टर भए भरोस् भनेझैँ रातभर ज्वरोले ताडित भएपछि बिहान गरिबनाथ डा. शर्माकहाँ चेक गराउन हानियो । कोभिडको जगजगी थियो । पिपिईभित्र उसिनिएका डा. शर्माले उसलाई जाँचेर रोग तथा औषधिबारे परामर्श दिए ।

Nepal Telecom ad

डा. रवीन्द्र समीर :

गरिबनाथले आफ्नोे घडेरी नाप्न अमिनलाई बोलायो । १५ मिनेट जग्गा नापजाँच गरेपछि उसले अमिनलाई सोध्यो, “कति लिनुहुन्छ, पारिश्रमिक ?”
अमिनले भन्यो, “मिलाएर दिनू न !”
गरिबनाथले तीन हजार दियो ।

जीवन अनेक आरोहअवरोहको समष्टि हो ।
एक दिन गरिबनाथ चिना हेराउन ज्योतिषी केन्द्रमा पुग्यो । १० मिनेट ग्रहदशाका कुरा गरेपछि उसले सोध्यो, “कति टक्र्याऊँ हजुर ?”
ज्योतिषीले भन्यो, “स्वेच्छाले दिनुभए हुन्छ ।”
गरिबनाथले पाँच हजार थमायो ।

लकडाउन भर्खरभर्खर खुलेको थियो ।
गरिबनाथले नया“ सडकमा गएर माइक्रो ओभन खरिद गर्‍यो । भरियाले पाँच मिनेटमा माइक्रो ओभन उसको घरमा पुर्‍यायो ।
गरिबनाथले भरियालाई सोध्यो, “कति पैसा लिन्छौ ?”
भरियाले एकै सासमा जवाफ फर्कायो, “एउटा हात्ती दिनुस् ।”
गरिबनाथले एक हजार दियो ।

लकडाउन खुलेसँगै कोरोना भाइरस मान्छेका घरघर पुग्यो ।
दिउँसो गरिबनाथलाई हनहनी ज्वरो आयो । उसको स्मृतिमा आप्तवाणी आयो, “शत्रु र रोग उब्जनेबित्तिकै जुन मानिसले शान्त गर्ने उपाय खोज्दैन, त्यो मानिस जतिसुकै बलियो किन नहोस्, कालान्तरमा त्यही शत्रु वा रोग ऊभन्दा बलियो भइदिन्छ र उसलाई एक दिन तिनीहरुबाटै परास्त भएर मर्नुपर्छ ।”
गरिबनाथ धामीको घरमा गयो ।
धामीले पाँच मिनेट ढ्याङ्ग्रो ठोकेर फुकेको चामल दियो ।
गरिबनाथले सोध्यो, “कति दिऊँ, प्रभो ?”
धामीले भन्यो, “एउटा लोकल कुखुरो र भेटी चढाउनुस् ।”
धामीलाई दुई हजार दिएर ऊ घर फर्कियो ।

गाई भए गोरस, डाक्टर भए भरोस् भनेझैँ रातभर ज्वरोले ताडित भएपछि बिहान गरिबनाथ डा. शर्माकहाँ चेक गराउन हानियो ।
कोभिडको जगजगी थियो ।
पिपिईभित्र उसिनिएका डा. शर्माले उसलाई जाँचेर रोग तथा औषधिबारे परामर्श दिए ।
गरिबनाथले रिसेप्सनमा सोध्यो, “डा. शर्माको फी कति हो ?”
रिसेप्सनिस्टले भनी, “पाँच सय ।”
गरिबनाथ आश्चर्यचकित हुँदै भन्यो, “पाँच सय ! कति महंगो हो ? डिस्काउन्ट गर्नू न !”

०००
‘कोरोनातन्त्र’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x