साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा जोश

दुर्भावको आश्रय दिन्न दिन्न चिन्ता चिता हो अब लिन्न लिन्न संसार मिथ्या छ भनेर बुझ्छु खुराक ताजा म त खान्छु सुत्छु । छन् चाहना हिम्मत जोश उस्तै सफा बनी हिँड्छु सधैँ दुरुस्तै मैले सकेको सब काम गर्छु संज्ञानले देश मुहार फेर्छु ।

Nepal Telecom ad

कल्पना अधिकारी :

उमेर मात्रै सबथोक हैन
साठी कटेता पनि वृद्ध छैन
जस्तोसुकै काम म सक्छु गर्न
युवाहरूमा नव जोश भर्न ।१।

जाने बुझेको सहयोग गर्ने
छ चाख मेरो उपकार गर्ने
भोगेँ बिताएँ यतिका उमेर
जवान भन्दा कम छैन हेर ।२।

उठी बिहानै निज काम गर्छु
ताजा छ के खै अखबार हेर्छु
छोरा र छोरी पनि छक्क पर्छन्
र जोशको ती गुणगान गर्छन् ।३।

छन् रोग नौला तर सक्छु भिड्न
आत्तिन्न कैल्यै पनि सक्छु हिँड्न
छन् ओखती साथ दिने तमाम
म फाल्छु ती रोग सबै हराम ।४।

व्यायाम हो रोग निदान गर्ने
यो देहमा तागत शक्ति भर्ने
बुझेर यो गर्छु सदा म योग
हट्छन् सबै दुच्छर दुष्ट रोग ।५।

दुर्भावको आश्रय दिन्न दिन्न
चिन्ता चिता हो अब लिन्न लिन्न
संसार मिथ्या छ भनेर बुझ्छु
खुराक ताजा म त खान्छु सुत्छु ।६।

छन् चाहना हिम्मत जोश उस्तै
सफा बनी हिँड्छु सधैँ दुरुस्तै
मैले सकेको सब काम गर्छु
संज्ञानले देश मुहार फेर्छु ।७।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामुमा सुखी रहुन्

बुबामुमा सुखी रहुन्

कल्पना अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
हुन् कर्मदाता पनि

हुन् कर्मदाता पनि

कल्पना अधिकारी
वसन्तले भुलाउँदा

वसन्तले भुलाउँदा

कल्पना अधिकारी
अब राज्य हाँक्न

अब राज्य हाँक्न

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x