साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बास !

‘बास ! म बुढो कसरी भएँ ? म अझै तन्नेरी छु । यो मेरी कान्छी श्रीमती हो । बास ! मभन्दा चालीस वर्ष कान्छी । बास ! मैले उसलाई एक्लै छोड्न मिल्दैन ।

Nepal Telecom ad

डा. रविन्द्र समीर :

‘डा. शर्मा तपाईं हो ?’ एकजना सत्तरीवर्षे बुढाले सोधे ।
बुढाको साथमा एउटी तीसवर्षे युवती थिई । युवतीतिर पुलुक्क हेरेर डा. शर्माले भने— ‘हो ! मै हुँ ।’

कपालमा कालो मेहेन्दी लगाएका, सफाचट अनुहार, आधुनिक लवाइखबाइ अनि हातमा लट्ठी लिएर आएका बुढाले भने— ‘बास ! तपाईंले मलाई बिस्तारै चिन्नुहुन्छ । बास !’
युवतीतिर देखाएर बुढाले भने— ‘यसलाई ज्वरो आयो, बास ! त्यत्ति हो । खोकी प्रलय छ, बास ! त्यत्ति हो । पेटभित्र इँटाभट्टी छ, बास ! त्यत्ति हो ।’

उनको कुरा गर्ने शैली डा. शर्मालाई रमाइलो लाग्यो । जाँच गरेपछि डाक्टर शर्माले भने— ‘यो रगतको रिपोर्ट देखाउन भोलि हजुर मात्र आए हुन्छ । उहाँले आराम गर्नुपर्छ ।’
‘बास ! अब म सधैं यहीँ । बास ! स्थायी !’ उनी गए ।

भोलिपल्ट रिपोर्ट लिएर दुवैजना सँगै आए ।
डा. शर्माले भने— ‘उहाँलाई बेकार किन दुःख दिनुभएको ? तपाईं मात्र आएको भए उहाँलाई धपेडी त हुने थिएन ।’

बुढाले भने— ‘बास ! एकदमै राम्रो कुरा ।’
रगतको रिपोर्ट हेरेपछि डाक्टरले भने— ‘यो औषधि खुवाएर एक हप्तापछि उहाँलाई फलोअपको लागि पठाउनुहोला । तपाईं बुढो मान्छे किन दुःख पाउनुप¥यो ?’

डा. शर्माको बोली नसकिँदै उनले आफ्नी श्रीमतीसँग भने— ‘बास ! तँ बाहिर गएर औषधि किन्दै गर । म आउँछु ।’

त्यसपछि उनले डा. शर्मालाई भने— ‘बास ! म बुढो कसरी भएँ ? म अझै तन्नेरी छु । यो मेरी कान्छी श्रीमती हो । बास ! मभन्दा चालीस वर्ष कान्छी । बास ! मैले उसलाई एक्लै छोड्न मिल्दैन । बास ! न घरमा एक्लै छोड्न मिल्छ, न कतै जाँदा । ठिटाहरू देखेर उसले मन बिगारी भने… बास !’

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x