सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेब्रुअरीमा तिमीलाई

सधैँ पाइला टेकिरहने मेरो निवास लिएर जान सकूँ र तिमीलाई भेटाउन सकूँ परेवाका एक जोडी जो सधैँ मतिर हेरेर जिस्काउँदै सोध्ने गर्छन् खै त तेरो प्रणय पियारी ? खै त तेरो जीवन संगिनी ?

Nepal Telecom ad

सुरेश राई :

पत्ता लगाउनु छ
के-के भनेर टारेकी थियौ
कसो-कसो गरेर नाइँकारेकी थियौ
तिमीलाई प्रेम गर्छु भनेर
अघि सर्नेहरूलाई ।
ताकि मैले प्रेमको प्रस्ताव राख्दा
नाकाम हुन् तिम्रा ती
सप्पै बहानाबाजीहरू ।

थाहा पाउनु छ
कुन- कुन भाषाका गीतहरू
क-कसले भरेका संगीतहरू
तिमीले धेरैभन्दा धेरै सुन्ने गरेकी छ्यौ
ताकि तिमीलाई ती सप्पै लय बाहेकका
बिल्कुलै नौलो धून सुनाउन सकूँ
ताकि प्रणयभाषाका
बिल्कुलै नयाँ भाका सम्झाउन सकूँ

सोधखोज गर्नु छ
कस्ता-कस्ता शीशमहलहरू
कुन कुन देशका नामुद भवनहरू
तिम्रा रहरभित्र अटाएका छन्
ताकि ती जम्मै शहरभन्दा टाढा
पहाडको टाकुरामा
पारिलो घामले
सधैँ पाइला टेकिरहने
मेरो निवास लिएर जान सकूँ
र तिमीलाई भेटाउन सकूँ
परेवाका एक जोडी
जो सधैँ मतिर हेरेर
जिस्काउँदै सोध्ने गर्छन्
खै त तेरो प्रणय पियारी ?
खै त तेरो जीवन संगिनी ?

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x