साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेब्रुअरीमा तिमीलाई

सधैँ पाइला टेकिरहने मेरो निवास लिएर जान सकूँ र तिमीलाई भेटाउन सकूँ परेवाका एक जोडी जो सधैँ मतिर हेरेर जिस्काउँदै सोध्ने गर्छन् खै त तेरो प्रणय पियारी ? खै त तेरो जीवन संगिनी ?

Nepal Telecom ad

सुरेश राई :

पत्ता लगाउनु छ
के-के भनेर टारेकी थियौ
कसो-कसो गरेर नाइँकारेकी थियौ
तिमीलाई प्रेम गर्छु भनेर
अघि सर्नेहरूलाई ।
ताकि मैले प्रेमको प्रस्ताव राख्दा
नाकाम हुन् तिम्रा ती
सप्पै बहानाबाजीहरू ।

थाहा पाउनु छ
कुन- कुन भाषाका गीतहरू
क-कसले भरेका संगीतहरू
तिमीले धेरैभन्दा धेरै सुन्ने गरेकी छ्यौ
ताकि तिमीलाई ती सप्पै लय बाहेकका
बिल्कुलै नौलो धून सुनाउन सकूँ
ताकि प्रणयभाषाका
बिल्कुलै नयाँ भाका सम्झाउन सकूँ

सोधखोज गर्नु छ
कस्ता-कस्ता शीशमहलहरू
कुन कुन देशका नामुद भवनहरू
तिम्रा रहरभित्र अटाएका छन्
ताकि ती जम्मै शहरभन्दा टाढा
पहाडको टाकुरामा
पारिलो घामले
सधैँ पाइला टेकिरहने
मेरो निवास लिएर जान सकूँ
र तिमीलाई भेटाउन सकूँ
परेवाका एक जोडी
जो सधैँ मतिर हेरेर
जिस्काउँदै सोध्ने गर्छन्
खै त तेरो प्रणय पियारी ?
खै त तेरो जीवन संगिनी ?

०००
बाम्राङ, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x