साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निष्फल बिरुवा

के के रोपेका थिए होलान् कुन्नी ? आज सोच्दैछु- हाम्रो अव्यवहारिक शिक्षा प्रणालीले थाहा छैन कति कतिलाई जिन्दगीको कति कति वर्षसम्म कुन कुन निष्फल बिरुवा रोपाए ?

Nepal Telecom ad

सुरेश राई :

सानो छँदा स्कुलमा
मैले गणितका थुप्रै थुप्रै सूत्रहरू रोपेँ
साइन, कस र ट्यानहरू रोपेँ
अल्फा, गामा अनि ठिटा-बिटाहरू रोपेँ
नानाथरीका रूट र अन्डर रूटहरू रोपेँ

आफू हुर्कँदै बढ्दै जाँदा
कलेज र विश्वविद्यालयमा समेत
तिनीहरूलाई हुर्काएँ /बढाएँ
नभन्दै एक दिन
सर्टिफिकेटरूपी कोसाहरू राम्रोसँगले लागे
र जब जिन्दगी चलाउनु पर्ने भो
मैले ठूलो आशा र भरोसाका साथ
ती कोसाहरू कोलमा राखेर
राम्ररी पेलेर हेरेँ
तर अँह,
एकै थोपा तेल आएन

मैले वरपर आँखा घुमाएर
अरूहरूलाई पनि हेरेँ
उनीहरूको कोलमा पनि तेल आएको पाइनँ
आज सोच्दैछु-
उनीहरूले चाहिँ
के के रोपेका थिए होलान् कुन्नी ?

आज सोच्दैछु-
हाम्रो अव्यवहारिक शिक्षा प्रणालीले
थाहा छैन कति कतिलाई
जिन्दगीको कति कति वर्षसम्म
कुन कुन निष्फल बिरुवा रोपाए ?

०००
बाम्राङ, खोटाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x