साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घँस्याई बुढागाेरु जाेतिन्न बारी

दलाई दलाईसरी बन्नु द्याैता सहन्छन् कहाँ आजका मान्न ठालु ? बुढा ठान्दछन् देश आफ्नाे बपाैती युवा जाेसिला मान्दछन् के सिपालु ?

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

बग्याे अस्मिता देशकाे लाग्छ टालूँ
उठाऊँ बढाऊँ दह्राे काँध हालूँ

घँस्याई बुढागाेरु जाेतिन्न बारी
रुँगी बस्तछन् गाेठ बेकार पालूँ

बनाऊँ मियाे मालदाम्लाे अँठ्याऊन्
छिनाल्दै ठिटा डुक्रिए झन् इखालु

दलाई दलाईसरी बन्नु द्याैता
सहन्छन् कहाँ आजका मान्न ठालु ?

बुढा ठान्दछन् देश आफ्नाे बपाैती
युवा जाेसिला मान्दछन् के सिपालु ?

बुढाे बाघ के मिर्ग गर्ला सिकार ?
लतारिन्छ या खान पुग्नेछ आलु

नफल्ने बुढा वृक्षमा पर्छ कालु
उखेले “ठुले” मान्छ ठाेकेर तालु

अँठ्याऊँ कि छाेडूँ भए कान भालु
बुढा वर्ग काेक्याउने झैँ पिँडालु।

०००
२०८२/८/६
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x