साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनता टु अरिङ्गाल

अब त कसैले उसलाई तिमी अरिङ्गाल भैसक्यौ भन्यो भने पनि ऊ विश्वास गर्नेवाला छैन बरू हुन सक्छ त्यसो भन्नेलाई नै ऊ आक्रमण गरोस् र उसको प्राण समेत लिओस् ।

Nepal Telecom ad

सुरेश राई :

ऊ एउटा सार्वभौम स्वतन्त्र जनता थियो
अर्थात असल मानव थियो
अफसोस !
उसको कायाकल्प भयो
अनि ऊ
एउटा डरलाग्दो उग्र अरिङ्गालमा फेरियो ।

ऊ समाजमा निस्कियो र देख्यो
आफू जस्तै थुप्रै थुप्रै अरिङ्गालहरू
उसले आफ्ना सिकारहरूको पहिचान गर्यो
अनि चिल्न तयार भइ मौका कुरेर बस्यो
भुँभुँ..भुँभुँ….
झिँझिँ…झिँझिँ….

उता बजारमा
एक हुल राजावादी अरिङ्गालहरूले
कुनै चर्चित नायिकालाई चिले
असहिष्णु एकोहोरे अरिङ्गालहरूले
कुनै सफल गायकको भविष्यलाई चिले
घारमा बिद्रोह गरेर हिँडेकी सदस्यलाई
आफ्नै घारकाहरूले चिले
एउटा पार्टीका अरिङ्गालहरूले
अर्का पार्टीकालाई चिले
ती जम्मै पार्टीका अरिङ्गालहरू एक भइ
स्वतन्त्रहरूलाई चिले
स्वतन्त्र तर्फका अरिङ्गालहरूले
पार्टीकालाई चिले
हेर्नुहोस् न कस्तो अचम्म !
एउटा स्वतन्त्रका अरिङ्गालहरूले
अर्को स्वतन्त्रकालाई पनि चिले

कहिलेकाहीँ म सोच्दछु कि
ऊ किन त्यसरी खील गाडेर चिल्ने
बिषालु किरो हुन राजी भयो ?
ऊ किन मान्छे भइरहन मानेन ?
सायद उसलाई
आफू अरिङ्गाल भैसकेको थाहै भएन
अब त कसैले उसलाई
तिमी अरिङ्गाल भैसक्यौ भन्यो भने पनि
ऊ विश्वास गर्नेवाला छैन
बरू हुन सक्छ
त्यसो भन्नेलाई नै ऊ आक्रमण गरोस्
र उसको प्राण समेत लिओस् ।

०००
बाम्राङ, खोटाङ , हाल: काेरिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x