साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरूवाकाे लत

न त सुशासनकाे नयाँ विधिहरू फेसवुककाे उडन्ते सपनामा बाैलाएका जेन्जीहरूकाे याे दिन म पनि हाइज्याक गुन्द्रुककाे सुरूवाकाे लतमा दशैमा झाेल चाखिरहेछु ।

Nepal Telecom ad

डा. विदुर चालिसे : 

–“याे कथाकाे प्रकरण हाे ! अकथाकाे स्वीकृति लिनुपर्दैन !”
दयारामकाे मनमा पीडा थियाे । छायाँरामकाे हातमा हतियार थियाे । जेनजीहरू सडकबाट तर्केर प्रदर्शन राेक्न खाेजिरहेका थिए । भागाभाग स्थिति थियाे । सडकमै ओेर्लेर कसैले फर्मान जारी गर्याे ।

–“हाम्राे माग पूरा गर !”
प्रदर्शनकारीहरू अलमलमा वाल्ल परेर नजिक रहेका आफ्ना साथीहरू बिच एक अर्कामा साेध्न थाले ।
–“हाम्राे माग के हाे ?”
–“के हाे ? के हाे ? थाहा छैन ।”

अर्काे तर्फ माइककाे आवाज आयाे । आवाजमा थप मागकाे मलिनाे ध्वनि मिसिएर बजिरहेकाे थियाे । ध्वनि सुन्नेहरूले भनेकाे सुनिन्थ्याे ।
–“भ्रष्टाचारीलाई कारवाही गर ! सुशासन कायम गर !”
अपरिचित जड्याहा आएर भिडमा बाैलाउन थाल्याे । कराएर भन्न थाल्याे ।

–“संविधान खारेज गर ! कार्यकारी प्रधानमन्त्री प्रत्यक्षबाट निर्वाचन गर ।”
जब जब दलाली मानसिकताकाे सुरूवा, फाैवन्जारी स्वादकाे चाेक्टा र देश भाँडुवा खेतीकाे सितनमा भुँडी ठड्याउन लत बसेकाहरू गुप्त काेठामा बसेर शिवजीकाे ताण्डव नचाइरहेका थिए । तबतब जेनजीलाई मुर्कट्टा बुध्दि भुटिरहेकाे देखिन्थ्याे । नेपाली मन विभत्सताकाे आगाेमा पिल्सिएर तिनीहरूलाई लल्कारी रहन्थ्याे ।

–“याद छ ? तिमीहरूलाई वीरताकाे ताताे रगत कति डिग्री सेल्सियसमा उम्लन्छ ? हामीलाई अहिले पनि पुर्खाले बाेकेकाे खुकुरी र खुँडा बाेक्न त्यत्तिकै उत्साह चढ्छ ।”
मुटुमा राष्ट्रियताकाे जङ्गी चाल र हातमा पुर्खाले बाेकेकाे ढाल गुन्जिरहन्थ्याे । भट्टि पसलमा बेचिइरहेका हुन्थे- त्यसै हाेहल्लामा अल्लारे सुरूवा झाेलका लतमा मेरा जेन्जीहरू !

उनीहरूसँग के थियाे त ? गुप्ताङ्ग खाेजिरहेका पागलहरूकाे व्यापारसँग । न थियाे- आन्दाेलनकाे दिशा, न त आन्दाेलन पछिकाे देशकाे रक्षा याेजना, न त आवाज उठेकाे भ्रष्टाचार निवारण प्रक्रियाकाे खाका, न त सुशासनकाे नयाँ विधिहरू फेसवुककाे उडन्ते सपनामा बाैलाएका जेन्जीहरूकाे याे दिन म पनि हाइज्याक गुन्द्रुककाे सुरूवाकाे लतमा दशैमा झाेल चाखिरहेछु । देश दुखेकाे मनले अब त यति भन्नै पर्छ ।
–“जय जनता, जय राष्ट्रवाद !”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x