वसन्त सापकाेटाखेल राजनीतिको
त्यही गुलाम तासको कुनै खेलमा जता पनि टॉसिने फाल्तु जोकर बन्छ पप्लुमा यदि मिस्सी पल्टियो भने वादशाह पप्लु बन्छ त्यही पप्लुमा यदि छक्का पल्टियो भने सत्ताको लागि मारामार र लुछाचुँडी हुन्छ ॥
वसन्त सापकाेटा :
खेल एउटा खेल हो
यसमा कहिले अँध्यारो र कहिले उज्यालो हुन्छ
खेल यौटा झेल हो
यसमा एकले अर्कालाई थिच्ने, मिच्ने र
खुट्टा तानेर पछार्ने दाउ हुन्छ
खेल यौटा राजनीति हो
त्यसैले खेलमा जालझेलको राजनीति हुन्छ
राजनीति पनि यौटा खेल हो
त्यसैले राजनीतिमा जालझेलको खेल हुन्छ ॥
हिजोसम्मका तमासेहरू
आज च्याँखे थाप्ने भनेर उफ्रन्छन्
हिजोसम्मका च्याँखेहरू
आज दाउ हान्ने भनेर उत्रन्छन्
कहिले शकुनिको छक्का दाउ देखेर
सबै जना छटपटिन थाल्छन्
कहिले दिव्यदेवको चौका दाउले
सबै जना चकित पर्छन् ।
कहिले पञ्चेश्वरको पन्जा दाउमा पर्दा पर्दा
सबै पिल्सन्छन्
कहिले त्रिशङ्कुको दाउ तियाको मारले
सबै जनता धुरुधुरु रुन्छन् ।
यौटालाई मौकामा चौका पर्छ
अर्कोलाई सोहमा एक चक्की तान्दा सत्र पर्छ
सबैले भन्छन् एक्का ठूलो
यत्तिकैमा एक्का मख्ख पर्छ
तर एकता नभएका एक्काहरूले मात्रै के गर्ने ?
जहाँ दुवा, तिर्का र चौका नै
सम्पूर्ण पावर आफ्नो हातमा पर्छ ।
भनिन्छ
तासका बाउन्न पत्तीमा त्रिपन्न खेल हुन्छ
तर २०५ पत्तीमा दुई हजार पचासभन्दा बढी
जाल र झेल नै हुन्छ
कहिले भ्रष्टाचार र कमिसनको भन्डाफोरमा अख्तियारमा नाम दर्ता हुन्छ
कहिले कालो झन्डा, हडताल र नेपाल बन्दमा
नेतृत्वको चर्चा हुन्छ ॥
त्यही गुलाम राजनीतिक खेलमा
हुकुमको शक्तिशाली गुलाम बन्छ
त्यही गुलाम तासको कुनै खेलमा
जता पनि टॉसिने फाल्तु जोकर बन्छ
पप्लुमा यदि मिस्सी पल्टियो भने
वादशाह पप्लु बन्छ
त्यही पप्लुमा यदि छक्का पल्टियो भने
सत्ताको लागि मारामार र लुछाचुँडी हुन्छ ॥
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































