
ब्रह्मलुट
हर्ताकर्ता नेता बर्ता नाराबाजी जोड छ एकआपसमा कुस्ताकुस्ती भित्रै भन्डाफोर छ कालो झन्डा कालै डन्डा कालै धन्दा व्याप्त छ जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।

वसन्त सापकाेटा :
यहाँ प्रत्येक व्यक्ति र वर्गमा आफ्नै आफ्नै गुट छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ
प्रत्येक नेताको भाषणमा यहाँ शब्दजालको कूट छ
सत्यको सत्यानाश भइसक्यो, यहाँ त सर्वत्र झूट छ ।
हिजोसम्मका भोका-नाङ्गा आज उनैको लुट छ
चिल्ला गाडी एक दिनमा ५ पल्ट फेर्ने सुट छ
सोझासाझा निरीह प्राणीको टाउकोमाथि बुट छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।
हर्ताकर्ता नेता बर्ता नाराबाजी जोड छ
एकआपसमा कुस्ताकुस्ती भित्रै भन्डाफोर छ
कालो झन्डा कालै डन्डा कालै धन्दा व्याप्त छ
जसले जहाँ जे गरे पनि यहाँ सबलाई छुट छ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest