साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रौँ महिमा

जन्म हुँदा म कैलो बन्छु अनि पछि म खैरो पूर्ण जवानी कालो हुन्छु, वृद्ध भएपछि सेतो रिस उठेमा जर्रो बन्छु, कैले बन्छु ठाडो खुसी भएमा सललल बग्छु, बन्छु सबैको प्यारो ।

Nepal Telecom ad

वसन्त सापकोटा :

थरीथरीका नाम छन् मेरा, थरीथरीका काम
पाल्दा तिम्लाई घाटा छैन, फाल्दा पर्छ दाम
छुसे नाथे खैरे जैरे, स्थानमुताबिक नाम
प्याराे गरेर राख पाल, खोस्दिन तिम्रो माम ।

रौँ बराबर फरक परेमा, दुर्घटनामा बाँच्छौ
राैँ बराबर यताउतिमा, मृत्यु-मुखमा पुग्छौ
राैँबिना यो धरतीतलमा, तिम्रो सम्भव छैन
रौँबिनाको तिम्रो तालु, हर्छ सबै सुख चैन ।

औरङ्गजेबको दाही बनेर, नाम खुब चलाएँ
हिटलरको त्यो जुंगा बनेर नाम अमर गराएँ
कपाल बन्दै साई बाबालाई खुब चिनाएँ
रौँकै खातिर विश्वभरिमा हजाम पैदा गराएँ ।

सुरुसुरुमा भुवा बन्छु, अनि पछि म भुत्ला
स्थान अवस्था हेरी बिचारी, बन्छु म अनि चुल्ठा
कुनै ठाउँमा कालो बन्छु, कुनै ठाउँमा खैरो
कतैकतै म कैलो हुन्छु कतैकतै म जर्रो ।

जन्म हुँदा म कैलो बन्छु अनि पछि म खैरो
पूर्ण जवानी कालो हुन्छु, वृद्ध भएपछि सेतो
रिस उठेमा जर्रो बन्छु, कैले बन्छु ठाडो
खुसी भएमा सललल बग्छु, बन्छु सबैको प्यारो ।

च्यापे मलाई चेप्टो बन्छु, अनि म बन्छु झुम्रे
कहीं लाजले भुतुक्क बन्दै बन्छु घुम्रे-घुम्रे ।
थरीथरीका नाम छन् मेरा, थरीथरीका काम
पाल्दा तिम्लाई घाटा छैन, फाल्दा पर्छ दाम ।

०००
माणिकरत्न शाक्यकाे खाेजीपाँसुलीमा नाङ्गो नाक सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खेल राजनीतिको

खेल राजनीतिको

वसन्त सापकाेटा
ठुस्स गन्हाउँछौ

ठुस्स गन्हाउँछौ

वसन्त सापकाेटा
जनताको अनुभव

जनताको अनुभव

वसन्त सापकाेटा
ब्रह्मलुट

ब्रह्मलुट

वसन्त सापकाेटा
लीला अपरम्पार

लीला अपरम्पार

वसन्त सापकाेटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x