साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जनताको अनुभव

गोष्ठी र सेमिनार फलाक्छ देशको प्राचीन कला र संस्कृतिको रक्षा गरौं भनेर मन्दिरको पुजारी रुँदै बिन्ती गर्छ हजुर ! मूर्ति त हिजै राति चोरिएछ भनेर ।

Nepal Telecom ad

वसन्त सापकाेटा :

स्वार्थी नेताहरू भाषण गर्छन्
यो देशमा चौतर्फी विकासको लहर फैलिदै छ
भाडाका विद्वान्हरू अर्थ्याउँछन्
नेपाल अब चाँडै नै स्वर्ग बन्दै छ
किनिएका पत्रकारहरू छाप्छन्
यो देश अब नेताको सबल नेतृत्वमा अगाडि बढ्दै छ
तर जनता अनुभव गर्छन्
यो देश दिन-प्रतिदिन विस्तारैबिस्तारै धरातलमा भासिँदै छ ।।

अनुबन्धित अर्थशास्त्रीहरू ओकल्छन्
नेपालीको आम्दानी औसत १५ प्रतिशतले बढिसक्यो
मुठ्ठीभित्रका तथ्याङ्कविहरू भट्याउँछन्
महंगी अब २० प्रतिशतले घटिसक्यो
खल्तीभित्रका प्रवक्ताहरू वक्तव्य निकाल्छन्
भोक, रोग र अशिक्षा अब नेपालबाट हटिसक्यो
तर जनता अनुभव गर्छन्
नेपालीको स्वरूप नै विकृतिमा बिक्न लागिसक्यो
सरकार कुर्लन्छ
यहाँ शान्ति सुव्यवस्थाको व्यवस्था राम्रो छ भनेर
घरमा बुहारी रुँदै फर्किन्छिन्
दिउँसै मध्याह्नमा मेरो सिक्री लुटियो भनेर
अपराधीहरू चिल्ला कारमा गुड्छन्
ठूलो ओहदाको मखुन्डो लगाएर
जनताहरू दिउँसै ढोका थुनेर घरमा बस्छन्
‘त्राहिमां प्रभु रक्षा गर’ भनेर ॥

गोष्ठी र सेमिनार फलाक्छ
देशको प्राचीन कला र संस्कृतिको रक्षा गरौं भनेर
मन्दिरको पुजारी रुँदै बिन्ती गर्छ
हजुर ! मूर्ति त हिजै राति चोरिएछ भनेर
नगरपतिहरू आकाशमा उड्दै कल्पना गर्छन्
काठमाडौं स्वच्छ र हराभरा बन्दै छ भनेर
तर जनता अनुभव गर्छन्
दिनदिनै यो काठमाडौं
फोहर फाल्ने यौटा सिङ्गो कन्टेनर बन्दै छ भनेर ॥

०००
नाङ्गाे नाक (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खेल राजनीतिको

खेल राजनीतिको

वसन्त सापकाेटा
ठुस्स गन्हाउँछौ

ठुस्स गन्हाउँछौ

वसन्त सापकाेटा
ब्रह्मलुट

ब्रह्मलुट

वसन्त सापकाेटा
लीला अपरम्पार

लीला अपरम्पार

वसन्त सापकाेटा
रौँ महिमा

रौँ महिमा

वसन्त सापकाेटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x