साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लित्तु नागाको लँगौटी र सात दलको इज्जत

आठ दलेहरूले उद्देश्यको अनुकूल रहेर यिनै पटक-पटक लँगौटी लगाइदिनुपर्ने नेता र अन्य चरित्र पनि देखेर हाँस्ने खलनायक दुवैलाई एकैपल्ट दिनुपर्ने नेताहरूलाई समाप्त गरिदिने अठोट गरे ।

Nepal Telecom ad

प्रा. राजेन्द्र सुवेदी :

प्रिय पाठक महोदय, लितु नागा र सात दलको राजनीतिक इज्जतको प्रसङ्ग कसरी एकै ठाउँमा मिल्छ र लेख्न खोजेको भन्ने होला । तर स्वभाव र आचरण ठ्याक्कै मिलेपछि प्रसङ्गचाहिँ नमिल्ने कुरा भयो त ? व्यवहार र गतिविधि हुबहु मिलेपछि सात दलको र लित्तु नागाको आचरण तुलना नहुने कुरै भएन । कुरा २०१८ सालतिरको हो । यस लेखकको माहिलो ठूलोबाको परिवार भारतको मनिपुर राज्यको कालातुम्बीमा बसोबास गर्दथ्यो । जेठोबुवाको परिवारचाहिँ बर्माको टम्बुमा बसोबास गर्दथ्यो । यस लेखकले चौध वर्षको किशोर उमेरमा माहिलोबाको छोरा ठूलो दाजुसँग मनिपुर पुग्ने अवसर पाएथ्यो । यस लेखकले त्यसै समयमा लित्तु नागाको लँगौटी लाउने शैलीसँग परिचित हुने सुअवसर प्राप्त गरेको थियो।

मनिपुरमा नागा र मनिपुरीहरू आदिवासीका रूपमा बसोबास गर्दथे । पछि नागाल्यान्ड र मनिपुर अलग-अलग स्वायत्त भएपछि नागाहरू नागाल्यान्डतिर र मनिपुरीहरू मनिपुरतिरका आधिकारिक आदिवासी बनेर बसे । अब लित्तु नागाको संस्कृति खोजको विषय बन्यो होला र उनीहरूको लवाइ-खुवाइ एवम् रहनसहनको शैली नै परिवर्तन भइसकेको छ । त्यस समयमा एकाध पटक लित्तु नागासँग मेरो भेट भएको थियो । लित्तु नागा मेरो निमित्त मुटु मिचिमिची हाँस्ने प्रसङ्ग बनेको थियो । त्यो भेटको प्रसङ्ग मेरा दिमागमा अविस्मरणीय छ । त्यतिखेरसम्म सबै नागा लुगा लगाउने अवस्थामा आइसकेका थिएनन् । त्यहाँ नेपालीहरू नागासँगै सम्झौता गरेर ठेक्कापट्टामा जमिन कमाउने गर्दथे । उनीहरूसँगै सल्लाह गरेर जङ्गलमा पशुपालन गर्दथे । त्यहाँको भूस्वामित्व नागाहरूकै हातमा भएकाले उनीहरूलाई लाङपाङ (अधियाँ ठेक्का) तिरेर जमिन कमाउने काम गर्नुपर्दथ्यो । लित्तु नागाको जमिन लाङपाङ तिरेर कमाएका थिए मेरा ठूलाबाहरूले ।

जमिनको मालिकका नाताले लित्तु उहाँहरूको घरमा आई-जाई गर्दथ्यो । तर ऊ निर्वस्त्र नै आउने गर्दथ्यो । जमिनको मालिक आएपछि उसलाई केही सम्मान र सत्कार त गर्ने पर्दथ्यो । एक दिनको प्रसङ्ग उसलाई भान्छा कोठामा बोलाएर भात खाने प्रबन्ध मिलाइयो । निर्वस्त्र लित्तु भात खान त बस्यो, तर भान्छे भाउजू चुलो छोडेर भाग्नुभयो । लित्तु नागाको पुरुष प्रजननाङ्ग भान्छा सम्मुख उपस्थित भएपछि भाउजूले भान्छा वितरण गरेर टार्न सक्ने अवस्था रहेन । दाइहरूले समस्या बुझ्नुभयो भान्छाको काम टारेपछि ठूलो दाइ लक्ष्मीप्रसादले मनिपुरी भाषामा भन्नुभयो- “लित्तु । यहाँ आउँदा लाज हुने ठाउँ ढाकेर आउने गर है।” तरिका पनि सिकाइदिनुभयो । ठाडो पारेर लगाउने तरिका । पुरानो धागोको डोरो कन्धनी लगाएर एक टुक्रा कपडाको लंगौटी पनि लगाइदिनुभयो । लित्तुले त्यसपछि लँगौटी लगाउन थाल्यो । तर उसले लँगौटीलाई पछिल्तिरको डोरीमा सिउरेर सन्तुलन गर्न जानेन । डोरीमा तौलिया झुन्डाएझै अगिल्तिर मात्र झुन्डाएर लँगौटी लगाउने गर्यो ।

कहिलेकाहीँ आउने-जाने क्रममा लित्तु केही समय अल्झेको लँगौटीमा मात्र आएको देखिन्थ्यो । तर एकातिर मात्र अल्झिएको लँगौटी देखेर केही मान्छेहरू हाँसिदिएँ । लित्तुले आफूले लँगौटी लगाउने शैलीमा परिमार्जन गर्न सकेन, बरु उसले लँगौटी झिकेर फ्याँकिदिनुमै कल्याण ठान्यो । लित्तुले नाङ्गै हिँड्नु नै सांस्कृतिक अभ्यस्तता पायो र त्यसै गर्नु उपयुक्त ठान्यो प्रिय पाठक गण । तपाईंहरू प्रश्न गर्न सक्नुहुन्छ । लित्तु मियाको लँगौटी र सात दलको राजनीतिक इज्जतको सम्बन्ध कहाँनेर जोडिन आइपुग्ला ? कसरी तुलनीय छन् यी दुई विषय ? यही होइन त तपाईंहरूको प्रश्न ? प्रिय पाठक गण, निश्चित हुनुहोस् । यिनीहरूको सम्बन्ध शतप्रतिशत रहेको छ । बरु मलाई एकछिन समय दिनुहोस् । दिनुहुन्छ होइन त ?

सात दलका नेताहरूले धेरै पहिलेदेखि नै लंगौटी लगाउन थालेका भए पनि लित्तु मियाकोभन्दा गतिलो ढङ्गले लाउन थालेका थिएनन् । २०४८ सालपछि लोकतन्त्र र प्रजातन्त्रका लँगौटी आयात गरेर लाउन थाले । उनीहरूले लँगौटी लगाउने अभ्यास विदेशीहरूको सहायताले सिकेका थिए । आफ्नो इज्जत धान्ने अभ्यासको शृङ्खलामा जुटे – नेताहरू । परन्तु सातै दलका नेताहरूले आफ्नो लँगौटी मस्काउने सफलता प्राप्त गर्न सकेनन् । दिल्लीका डिजाइनरहरूले तयार गरेका लँगौटीहरू पनि लगाइहेरे – कतिपय नेताहरूले – तैपनि सफल भएनन् ।

मस्को र म्युनिखको कड्ड भिर्ने काम पनि सिके तर पनि सफलता पाउन सकेनन् । कतिपय दलका नेताहरूलाई वासिङ्टनका नेताहरूले र बकिमघमको टेलर मास्टरहरूले तयार गरिदिएका लँगौटीहरू कन्धनीको अल्फोमा सिउरिएर इज्जत धान्न सिकाइदिए। तर केही हदसम्म लँगौटी अल्झाउने कलाको ज्ञान सिक्नु त कता हो कता ! लँगौटी अल्झाउने कन्धनीसमेत चुँडाउने काम गर्न थाले । मुलुकको सञ्चालन शैलीमा सातदलेहरूले अलिकति लँगौटी च्याते। सीमा र वाणिज्य सन्धिका बुँदाका बाँकी रहेका कन्धनी पनि चुँडाए। अनि लॅगौटीको किनारा कन्धनीको अल्कोबाट नपन्छाउ भनेर शुभचिन्तकहरूले धेरै अनुरोध गरे । तर भ्रष्टाचार र अमर्यादाको सिलसिमा बढ्‌दै गएपछि एक जना खलनायकले सबै दलका नेताहरूको लँगौटी नङ्ग्याउने शैली सार्वजनिक मैदानमा पुयाएर हल्ला गरिदियो । वास्तवमा सात दलका नेताहरूको लँगौटीको शैली देखेर खलनायकका पार्षद्, अङ्गरक्षकहरू अट्टहास हाँसो हाँस्न थाले । सात दलका समर्थकहरू खलनायकको हाँसो देखेपछि अत्यन्त दुःखित भए । सात दलका शुभेच्छुकहरूले खलनायकको हाँसो सहन गर्न नसकेपछि आफ्नो दलका नेताहरूको इज्जत जोगाउन नयाँ उपाय पहिल्याउन थाले ।

अचानक एउटा यस्तो दिन आयो । सात होइन, आठै दल मिलेर कुनै खलनायकको लँगौटी र कन्धनी चाटचुट चुँडाइदिए । आफ्ना नेताहरूको इज्जत ढाक्न पुग्ने आवरण प्रजातन्त्र र लोकतन्त्र कम्पनीबाट सापट ल्याएर सिउरिदिए । बिस्तारै नेपाली नेताहरूको लंगौटी ता जनताले टालटुल गरेर लाइदिए, तर लँगौटी फुकाल्न अभ्यस्त बनेका नेताहरूले आफ्नो पुरानो बानी फेरि दोहोऱ्याउन थाले । एकातिर अल्झिए पनि अर्कातिर खुस्किँदै गरेको आफ्नो लंगौटी देखेर खलनायक हाँस्न लागेको देख्न छोडे। देख्न त के थाले भने आठ दलमध्ये कसैको लँगौटी खुस्किन थाल्यो ।

यस स्थितिलाई देखेर लँगौटी मस्काउने सल्लाह दियो भने मैले उसको जस्तो जननेन्द्रीय नै देखिने गरी त धोती फुकालिहालेको त कसैले पनि छैन नि । छेउछाउतिरबाट चियाएर हेरे भने तत्कालै देखिन्छ त आठै दलका नितान्त आन्तरिक कला सिक्नुभन्दा धोती फुकालेर हिँड्ने कार्यलाई नै बढी सहज र सुलभ ठाने । आठ दलेहरूले उद्देश्यको अनुकूल रहेर यिनै पटक-पटक लँगौटी लगाइदिनुपर्ने नेता र अन्य चरित्र पनि देखेर हाँस्ने खलनायक दुवैलाई एकैपल्ट दिनुपर्ने नेताहरूलाई समाप्त गरिदिने अठोट गरे । म भने उनीहरूको तत्कालको स्थितिलाई वर्णन गर्दै निरीक्षण गरिरहेको छु । हेरौं आशा छ अब निर्माण हुने नेताका इज्जत न सिज्जत..! लित्तु मियाको भन्दा भिन्न रहोस् अतुलनीय हो यही अपेक्षा छ ?

०००
कामना गाईजात्रा विशेषाङ्ङ्क (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
हाइड्रो प्राज्ञ

हाइड्रो प्राज्ञ

राजेन्द्र सुवेदी
विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

विष्णु नवीनको चिन्तन र...

राजेन्द्र सुवेदी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x