साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइड्रो प्राज्ञ

पानीले टन्न भरिएको बेलुन जस्तो त्यो अनौठो प्रकारको वस्तुले कुर्सी छोड्दा प्वाट्ट फुट्छ भन्ने भएर होला, मलाई यस कुर्सीमा जसले राख्यो उसैले किन्नु पर्छ भन्ने आवाज निकाल्थ्यो ।

Nepal Telecom ad

राजेन्द्र सुवेदी :

प्रजातन्त्र फर्किए पछिको कुरा हो । “प्रज्ञा प्रतिष्ठान कोरिएको साइबोर्ड कुण्डेको एउटा घरमा उत्पात भयो । कुरो के भएछ भने कुलपति झुण्डिनु पर्ने कुर्सीमा एउता अनौठो वस्तु झुण्डेको देखियो । त्यस वस्तुको आकार अनौठो थियो । प्रकार चाहिं त्यसको पोकाको जस्तो थियो । पोकाको माथि प्रजनक इन्द्रिय देखिदैनथ्यो । अन्य प्राज्ञ बस्ने कुर्सीहरुमा पितृसत्तात्मक मूल्यका प्रतीकहरु बसिरहेका थिए । कुलपतिको कुर्सीमा अण्डाकारको गोलो अनौठो प्रकारको वस्तु अड्न पुगेको देख्दा यस लेखकलाई आश्चर्य लाग्यो । त्यो बस्तु देख्दा कुनै फन्टासीका विशिष्ट सस्ष्टाको सिर्जना हो भन्ने कुरा भल्किन्थ्यो ।

त्यहाँ उपस्थित पितृसत्तात्मक प्रतीकहरू सँग यस लेखकले प्रश्न गर्दा रङरङका दङ्ग पार्ने उत्तर पाइयो, ती मध्ये केही मननीय उत्तर यहाँ लेखेको छु-
-यो छिमेकबाट आयात गरीएको अनौठो वस्तुले भण्टा र आलु प्रशस्त खाएको हुनु पर्छ ।
-यस अनौठो बस्तुलाई धारण गर्ने व्यक्तिले मैदान जाने ठाउँमा बढी बिताएको हुनु पर्छ । त्यस गन्जागोलमा बसेकालाई यस्तो रोग प्रशस्त हुन्छ भन्ने सुनेको थिए ।

-नपढेको डाक्टर साहेबको प्रिस्केप्सन अनुसार साउनको ओसमा पनि यसलाई नाङ्गो बनाएर कुर्सीमा राखिदिएकाले यस्तो भएको हुनु पर्छ । जे होस, यी उत्तरहरु सबै अनुमानित थिए, तर सबैमा केही न केही वास्तविकता थियो । तर त्यो वस्तुको आकार भने दिन प्रतिदिन बढ्दै गयो । पहिले देखा पर्दा त्यो ज्ञ वस्तु सामान्य भन्दा केही मात्र ठूलो जस्तो लाग्थ्यो । दोस्रो हप्तामा पुग्दा वरिपरि बस्नेलाई मात्र होइन मुलुकभरिका खासगरि तालुखुइलेहरुलाई समेत ओझेलमा राख्न सक्ने भैसकेको थियो । सम्पूणर् नैतिकता र विनयशीलतालाई नजिकैको टुकुचामा धोएर अनैतिकताका चाप्लुसहरूको उदारतामा व्यस्त देखिन्थ्यो ।

तेस्रो हप्तामा आउँदा त्यो वस्तु कुर्सीभरि टन्न भैसकेको थियो वरिपरि बसेर स्तुति गाउँने ठाउँ पनि भरिसकेको देखेर मलाई दिक्क लाग्यो । छेउछाउमा बस्न नपाउनेहरू रेडियो र टेलिभिजनको आसनबाट चाप्लुसी जाहेर गर्न लागेका थिए । त्यो बस्तुले स्तुति सुने पछि झन् फुलेर पानी भरिएको बेलुन जस्तो टुन्न परेको थियो । उसले केही दिन मस्तिमा बिताउँदै आएपछिको कुरा हो । त्यस बस्तुले मुलुकका चिन्डे तालु बर्गलाई मात्र होइन शासकहरुलाई पनि छल्न थाल्यो ।

त्यसपछि अनौठो वस्तुलाई “छल्ने रोग” लागेछ भन्ने सबैले महसुस गरे । त्यसबाट एक किसिमको आवाज आउन थाल्यो, कहिले अनेकौ भाषाको आवाज एकै पटक निस्कन्थ्यो । कनि कुथि एउटा भाषाको ज्ञान भएको मान्छेले, अनेकौ भाषाको आवाज निस्कदा बिलखबन्द पायो । कहिले प्रधानमन्त्रीलाई नागरिकता दिलाओ भन्ने आवाज निकाल्थ्यो । पानीले टन्न भरिएको बेलुन जस्तो त्यो अनौठो प्रकारको वस्तुले कुर्सी छोड्दा प्वाट्ट फुट्छ भन्ने भएर होला, मलाई यस कुर्सीमा जसले राख्यो उसैले किन्नु पर्छ भन्ने आवाज निकाल्थ्यो । अनेक भाषाका अनेको आवाजले वरिपरि । बसेका सबै व्यक्तिहरू छक्क परे । आवश्यक भन्दा बढी फत्फताउन थालेकोले, त्यो वस्तुलाई कतैबाट कसैले छोयो कि फुटिहाल्ने । अवस्था देखिन्थ्यो ।

एक दिन एउटा अनौठो घटना घट्यो बेलुकाको पाले त्यस कोठाको झ्याल ढोका बन्द गर्न भित्र पस्यो । त्यो वस्तु विराजीत हुने कुर्सीमा पालेले केही देखेन । जुटको कार्पेट बिछ्याइएको कोठामा कुर्सीको सिधै अघिल्तिर भुईमा स्किन कलरको रुमाल जस्तो वस्तु खज्याङ् मज्याङ् परेर थुप्रेको र त्यसको वरिपरिको भाग वृत्ताकारमा पानीले भिजेको अवस्थामा थियो तर कार्पेटमा उत्तानो परेर अल्फेको वस्तुमा मान्छेको छाला छोएको जस्तो अनुभव भयो, पालेलाई । उसलाई अब स्पष्ट भयो कुर्सीको बस्तु छचल्किएर खस्दाखेरि पिनमा परेर फुटेछ, भन्ने ज्ञान भयो । त्यो वस्तु सही अर्थमा विमार लागेको अण्डाकोश रहेछ भन्ने पालेलाई पनि स्पष्ट भयो ।

त्यस वस्तुका उपासकहरूको मोहभङ्ग पालेलाई भन्दा अघि भयो कि पछि त्यो यस लेखकलाई थाहा छैन । यस लेखकलाई के चाहिँ थाहा भैसकेको थियो भने त्यो वस्तु हाइड्रोशीलले ग्रसित छ र उसंगको सम्बन्ध प्रजनक इन्द्रियले पहिलेनै तोडिसकेको छ ।

०००

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
लित्तु नागाको लँगौटी र सात दलको इज्जत

लित्तु नागाको लँगौटी र...

राजेन्द्र सुवेदी
मेरो पुच्छर

मेरो पुच्छर

राजेन्द्र सुवेदी
विष्णु नवीनको चिन्तन र उनका रचनाको प्राप्ति

विष्णु नवीनको चिन्तन र...

राजेन्द्र सुवेदी
0
Would love your thoughts, please comment.x
()
x