साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंघिया नहोस् ढलिंघिया

तिम्रा द्वैध चरित्रले मन सल्किरहन्छ, पीडाको आगो दन्किरहन्छ, आफ्नो जर्जर सोचलाई गरेर निश्चल हुन दिनलाई मलाई निर्मल- नमिसाऊ ल्याएर मभित्र शहरको दुर्गन्धित ढल।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

विराटनगर शहरलाई
प्रकृतिबाट पाएको अनुपम उपहार
कञ्चन कायायुक्त सिंघियालाई
छठ पर्वमा जब देखें प्रदुषित
ग्लानिले मन भयो विव्हल,
आँखा भए सजल,
मैले प्रश्न गरें नदीलाई
भन कसरी पवित्र हुन नुहाऊँ ?
कसरी सर्व प्रकाशक,
जगजीवनदाता सूर्यदेवलाई अर्घ्य चढाऊँ ?
कसरी गरूँ आचमन
तिमी पवित्र भनाउँदो नदीको
कहिँ यस्तो हुन्छ जल ?

हे पुण्यदायिनी नदीमाता
बगिदेऊ अविरल
पियूषयुक्त भै कलकल।
सङ्लो पानी लिएर सललल।

सिंघिया नदीले दुखित हुँदै भनिन्
तिम्रा यी शब्द चस्केर दुख्छ,
तिम्रा द्वैध चरित्रले मन सल्किरहन्छ,
पीडाको आगो दन्किरहन्छ,
आफ्नो जर्जर सोचलाई गरेर निश्चल
हुन दिनलाई मलाई निर्मल-
नमिसाऊ ल्याएर मभित्र
शहरको दुर्गन्धित ढल।

तिम्रा कृतघ्न व्यवहारले
मेरो मुट भएको छ छिया छिया
डर छ मनमा
बागमती ढलमती भए झैंं
कतै हुने त होईन म पनि
“सिंघियाबाट ढलिंघिया ।”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x