लक्ष्मण नेवटियासिंघिया नहोस् ढलिंघिया
तिम्रा द्वैध चरित्रले मन सल्किरहन्छ, पीडाको आगो दन्किरहन्छ, आफ्नो जर्जर सोचलाई गरेर निश्चल हुन दिनलाई मलाई निर्मल- नमिसाऊ ल्याएर मभित्र शहरको दुर्गन्धित ढल।

लक्ष्मण नेवटिया :
विराटनगर शहरलाई
प्रकृतिबाट पाएको अनुपम उपहार
कञ्चन कायायुक्त सिंघियालाई
छठ पर्वमा जब देखें प्रदुषित
ग्लानिले मन भयो विव्हल,
आँखा भए सजल,
मैले प्रश्न गरें नदीलाई
भन कसरी पवित्र हुन नुहाऊँ ?
कसरी सर्व प्रकाशक,
जगजीवनदाता सूर्यदेवलाई अर्घ्य चढाऊँ ?
कसरी गरूँ आचमन
तिमी पवित्र भनाउँदो नदीको
कहिँ यस्तो हुन्छ जल ?
हे पुण्यदायिनी नदीमाता
बगिदेऊ अविरल
पियूषयुक्त भै कलकल।
सङ्लो पानी लिएर सललल।
सिंघिया नदीले दुखित हुँदै भनिन्
तिम्रा यी शब्द चस्केर दुख्छ,
तिम्रा द्वैध चरित्रले मन सल्किरहन्छ,
पीडाको आगो दन्किरहन्छ,
आफ्नो जर्जर सोचलाई गरेर निश्चल
हुन दिनलाई मलाई निर्मल-
नमिसाऊ ल्याएर मभित्र
शहरको दुर्गन्धित ढल।
तिम्रा कृतघ्न व्यवहारले
मेरो मुट भएको छ छिया छिया
डर छ मनमा
बागमती ढलमती भए झैंं
कतै हुने त होईन म पनि
“सिंघियाबाट ढलिंघिया ।”
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest







































