साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मगजको गन्थन-मन्थन

विगतको पीर, भविष्यको डरलाग्दो भीर, बाँदरझैँ उफ्रिरहने ढोंगी यो मन अस्थिर। हैरान अति नै म आफ्नै मगजको खेलले, थिचिएको अनियन्त्रित सोचको झेलले।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

शान्त बसेको जिब्रो, ओठमा छ ताला,
तर मगज जपिरहन्छ संसारकै माला।
आफ्ना विचारमा थपिरहन्छौं हलाहल,
विगत, वर्तमान र भविष्यको कोलाहल।

रातभरिको गन्थन, दिनभरिको रन्थन,
भित्रभित्रै चलिरहन्छ एकोहोरो मन्थन।
देखाउनलाई मौन, भित्र चलिरहन्छ हुरी,
चढाउनलाई फूल, तर भित्र रेट्छन् छुरी।

सिद्धान्त निसास्सिएर भित्रै गुम्सिन्छन्,
नभनिएका कथ्य प्रश्न बनी झुण्डिन्छन्।
बाहिर हाँसो ओढेर बाँचेको छ यो काया,
भित्र मडारिएको चिन्ताको कालो छाया।

विगतको पीर, भविष्यको डरलाग्दो भीर,
बाँदरझैँ उफ्रिरहने ढोंगी यो मन अस्थिर।
हैरान अति नै म आफ्नै मगजको खेलले,
थिचिएको अनियन्त्रित सोचको झेलले।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x