साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ् भरौं उमङ्गका २०८३ सालमा

समृद्धि सुन्दर बुन्नु छ सर्वोन्नतिको आकाश छुनु छ। डाँडा र काँडा पल्लवित हुनेछन्  उत्साहको स्पर्शले, गौरवान्वित होस् सुन्दर देश यो नववर्षको उत्कर्षले।

Nepal Telecom ad
लक्ष्मण नेवटिया :
​नववर्षको नवद्वारमा पल्लवित प्रकृति छ सत्कारमा,
नवविचारको सारमा अघि बढौं विकासको धारमा।
नवपात सँगै नाचौं हामी पनि अब मादलको तालमा,
मिलेर रङ् भरौं उमङ्गका दुई हजार तियासी सालमा।
नववर्षमा बहनु पर्छ अब आशाको पवन सुगन्धित,
शान्तिमन्त्र अब सुन्न पाइयोस् सम्भावनाले गुञ्जित।
​आशाले लेख्यो उज्यालो गीत हरियालीको पानामा,
मुलुकले ओढ्यो नवसपना नवबसन्तको चाहनामा।
नववर्षमा इन्द्रेणी सजाऔं मुटुको खुला आकाशमा,
सिमलको फूल भै स्पर्श गरौं प्रत्येक हृदय बतासमा।
​प्रकृतिलाई साथी बनाई संस्कृतिको मूल जोगाउँछौं,
बाँड्दै खुसी भई विभोर सबैलाई आफ्नो बनाउँछौं।
एकताको सूत्रमा बाँधिएर अब माया-माला उन्नु छ
समृद्धि सुन्दर बुन्नु छ सर्वोन्नतिको आकाश छुनु छ।
डाँडा र काँडा पल्लवित हुनेछन्  उत्साहको स्पर्शले,
गौरवान्वित होस् सुन्दर देश यो नववर्षको उत्कर्षले।
०००
विराटनगर
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x