साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कांग्रेसी मन्त्री र कम्युनिस्ट इनार !

रुसबाट कुनै नयाँ चूर्ण आएको छ र त्यो भारतका सबै कम्युनिस्टहरूमा वितरण भएको छ अनि यसलाई पानीमा मिसाएर खुवाएपछि खाने मान्छेको सोच एकदम फेरिन्छ भन्ने सुनिन्छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

खबर सनसनीपूर्ण छ । मध्यप्रदेशका एउटा भोपालनिवासी मन्त्रीका लागि प्रतिदिन कम्युनिष्ट पार्टीको कार्यालयको इनारबाट पानी लगिन्छ ।

दिनदिनै एउटा ठेलामा आइतबारेस्थित कम्युनिस्ट इनारबाट पानी ल्याउने गरिन्छ ।
भिन्न भिन्न प्रकारका प्रश्नहरू उठ्छन् ।

सहरमा धेरै इनारहरू छन् । फेरि पनि यसै इनारको पानी किन छनोटमा पर्‍यो ?

त्यो पानी राम्रो छ भने त्यसको प्रमाण ?

कांग्रेस अनुशासनका अनुसार कांग्रेसी मन्त्रीले कम्युनिस्टले खुवाएको पानी खानु के ठिक हो त ?

कम्युनिस्टहरू कांग्रेसी मन्त्रीलाई आफ्नो इनारको पानी किन खान दिन्छन् ?

कम्युनिस्टहरू भन्ने गर्छन् कि उनीहरू त अचेल बडे बडे कांग्रसीहरूलाई ‘पानी खुवाउँदै छन्‌’ । उनीहरूको सोच छ

कि यस पानीमा साम्यवादका किटाणु छन् जसले सोझै मन र मस्तिष्कमा प्रभाव पार्दछन् ।

हाम्रो मान्यता के छ भने मन्त्रीको स्वास्थ्यका लागि यो पानी हानिकारक सावित हुनेछ र यसबाट उनीहरूको सरकारी स्वास्थ्य बिग्रिन सक्छ । काटजू साहेबलाई आफ्ना सहयोगीहरूको स्वास्थ्य ठिक राख्नु छ अनि एउटा इनार मन्त्रीको आवासको परिसरभित्र खनाउनुपर्ने छ । मन्त्रीहरू यसरी अर्काको इनारतिर जानु राम्रो होइन ।

रुसबाट कुनै नयाँ चूर्ण आएको छ र त्यो भारतका सबै कम्युनिस्टहरूमा वितरण भएको छ अनि यसलाई पानीमा मिसाएर खुवाएपछि खाने मान्छेको सोच एकदम फेरिन्छ भन्ने सुनिन्छ ।

श्रीमन्नारायणजीलाई यस रहस्यबारे तत्कालै थाहा हुनुपर्ने हो नि अवैध रूपले आउने यस चूर्णमा रोक लगाउनुपर्ने हो ।

०००
(यो लघु व्यङ्ग्य परसाई रचनावली ४ मा सङ्कलित ‘कांग्रेसी मिनिस्टर और कम्युनिस्ट कुवाँ !’बाट अनुवाद गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x