लक्ष्मण नेवटियाहे सुन ! कुरा सुन !!
किन्ने सबै भए बेकाम, खुस्क्यो दाम,भयो बदनाम।। कोही ढोग्थे, कोही गर्थे सलाम, अब सलामको के काम ? हावा निस्क्यो फुस्स, सातोपुत्लो उड्यो—लड्यौ धडाम ।

लक्ष्मण नेवटिया :
हे सुन ! कुरा सुन !!
किन यति गरिस् घमण्ड ?
तिमी यतिको हुँदा उद्दण्ड,
किन्ने भोग्दैछन् बिचरा दण्ड।।
हिजोसम्म तिमी हिँड्थ्यौ
बादलमाथि टेकेर,
आज आफैं डुब्यौ चुर्लुम्म
भुइँमै थला परेर।।
दौड्यौ माथि–माथि,
तोडी लगाम भयौ बेलगाम,
किन्ने सबै भए बेकाम,
खुस्क्यो दाम,भयो बदनाम।।
कोही ढोग्थे, कोही गर्थे सलाम,
अब सलामको के काम ?
हावा निस्क्यो फुस्स,
सातोपुत्लो उड्यो—लड्यौ धडाम।।
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































