साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुयोग्य निधारमा लाउनु छ विजयको टीका

रुपैयाँ,रक्सी अनेक प्रलोभन हुन् घातक, लडाउने-भिडाउने गर्छन् विभिन्न नाटक। मुखौटा हटाई सत्य रोज आत्माको साक्षीमा, छान्नुस् उपयुक्त नायक, लगाई ध्यान त्राटक।

Nepal Telecom ad

​लक्ष्मण नेवटिया :

सस्तो छनोटको तिर्नु पर्ला महँगो मोल,
चुनाव छ गम्भीर, नहोस् कुनै अल्झोल।
क्षणिक लोभमा फसेर नबेच्नुस् भविष्य,
आफ्नो सौभाग्यसँग नखेलौँ गोलमोल।।

​सुयोग्य निधारमा लाउनु छ, विजयको टीका,
एकताबद्ध भइ पार्नु छ, बिकाउलाई फिक्का।
भ्रमका जाल च्याती, एकताको दीप बाल्नुस्,
मन जितेकालाई जिताऔँ, भएर एक ढिक्का।।

अँध्यारो कुनामा गरिएमा स्वार्थी वार्तालाप।
वा गरिए भागबन्डाको घिनलाग्दो मेलमिलाप,
भ्यागुतोको धार्नी राखेमा विवेक तराजुमा,
निश्चित हुनेछ टाउको समाई पश्चात्ताप।।

रुपैयाँ, रक्सी अनेक प्रलोभन हुन् घातक,
लडाउने-भिडाउने गर्छन् विभिन्न नाटक।
मुखौटा हटाई सत्य रोज आत्माको साक्षीमा,
छान्नुस् उपयुक्त नायक, लगाई ध्यान त्राटक।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
0
Would love your thoughts, please comment.x
()
x