साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालीले दु:ख पाउनुको मूलकारण

एउटा भ्रष्ट जान्छ अर्को ठग आउँछ, त्यो ठग जान्छ अर्को भ्रष्ट आउँछ तर जनहितको सरकार अर्थात् नेता कहिल्यै कोही आएनन् भएनन् ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

देवासुर संग्राममा धेरै असुरहरू मारिए। ती मर्ने मध्यमा देवादिदेव महादेवका भक्तहरू पनि मारिए। मारिएका दानवहरू प्रेत, पिशाचको रूपमा परिणत भए र सबै नै शिवभक्त राक्षसहरू फेरि प्रेतरूपमा शिवकै स्यानाम्यानामा सरिक भैरहे। शिवसेनामा सम्मिलित भएर लामो समय शिवको सेवा गरिरहे।  प्रेतपिशाच राक्षसहरूको सेवाबाट
प्रशन्न भएका शिवले तिनीहरूलाई बोलाएर भने ’म तिमीहरुको अटुटसेवाबाट प्रशन्न भएँ, तिमीहरू शिवसेनामा बसेको पनि लामो समय भयो भन- मैले हिमाल छोडेर हिँडेको पनि निकै भयो, यतिखेर त्यहाँ शासक परिवारमै भद्रगोल छ राजा रोगी र अबुझ अनि तामसी भएकोले कमजोर पनि भए। उनी मरेपछि उनका दाहिने हात पञ्च भलाद्मी पनि निस्तेज हुँदैगएका छन्। यहि मौकामा हामीले पीडित जनताको रक्षार्थ कुनै पनि युध्द र कुटनीतिद्वारा जनहितमा काम गर्न सत्ताशक्ति हत्याउनु पर्छ, म त्यसको नेत्रित्व लिन जाँदैछु त्यसैले लामो समय अब मसँग छैन। तिमीहरु भन मबाट के चाहन्छौ ?

प्रभु ! हजुर नभएपछि हामी के गरौंला ? हामी झन् असुरक्षित हुनेछौँ, त्यसैले हामीलाई पनि हजुरको साथमा लिएर गइदिनु होस्। बरु हामीले त्यहाँ कुन रुपमा रहेर हजुरलाई साथ दिने हो त्यो पनि मर्जि होस्। तेसो भए म त्यहाँ शिव मुक्ति सेना गठन गर्छु, त्यसमा र जन जोधाहा बनाउँछु त्यसैमा संगठित भएर काम गर्नुपर्छ सक्छौ ? गर्छौ ? अव्श्य हजुरको नेत्रित्वमा मार्न मर्नै तयार छौँ।

यस वापत म तिमीहरुलाई दश दशक अर्थात् दिव्य सय वर्ष राज्य चलाउने शासकको रूपमाअवसर दिनेछु। आफ्नो शासन कालको राम्रो नराम्रो आफैं जिम्मेवारी र सत्ता छोड्दाको सुविधा पीडा जे परे पनि मबाट आशा नराख्नू । तिमीहरुका सुकर्मकुकर्मका लागि जिम्मेवार तिमीहरुनै हुनेछौ। जसले पनि आफ्नो कर्मको फल भोग्नैपर्छ। त्यसमा मैले माफी दिएर माफी हुँदैन। राम्रो गरे राम्रै नराम्रो गरे नराम्रै फल पाउने छौ।लौ भन मन्जुर छौ ? हस् हामीलाई मन्जुर छ।” भनेर शिवसॅगै सबै प्रेतपिशाच राक्षसहरु नन्दी भ्रिंगीका साथ लागि हिमालयको देश पशुपतिनाथद्वारा रक्षित नेपालयमा आए।

यता नेपालयमा स्थिर सरकार पृथ्वीनारायण शाहको शासनकालमा बाहेक कहिल्यै भएन। सरकार याने देश चलाउने नेता जहिले पनि चन्चल र अस्थिर नै भइरहने हुनाले प्रेतहरुले अत्याएपछि त जनता स्थिर सरकार अर्थात नेतामा जालान् भन्दा नौलो नयाँ चाख्ने भन्छन् । एउटा भ्रष्ट जान्छ अर्को ठग आउँछ, त्यो ठग जान्छ अर्को भ्रष्ट आउँछ तर जनहितको सरकार अर्थात् नेता कहिल्यै कोही आएनन् भएनन् । नेपाली जनता रूपी काली बाख्रीलाई बेतै पिच्छे रूनै मात्र परेकोले बरू पिशाच प्रेतहरुलाई नै मान्ने पुज्ने, देवता तैं होस् भन्ने सोचेर सेवा गरे । तर किन पो हुन्थ्यो र ? फेरि पनि पीडानै पाए किनभने जसले ल्यायो ऊ त्यहाँ रहिरहने कुरै भएन । जसलाई यो त होला त नि भन्यो किन हुन्थ्यो ऊ पनि प्रेत आत्मै परेकोले रुप बदल्यो नयाँ बनेर आयो, रैछ त पुरानै सास, बास र गाँसको। शिव पनि वाक्क भैसकेका थिए । झण्डै उनैलाई पोली पिंडालु बनाउलान् भनेर भागेर नेपथ्यमा लुकेर सोझा नेपालयका जनतामाथि प्रेतपिशाचहरूले कति अत्याचार गर्दा रहेछन् भनेर गोप्य रहि हेरिरहे, हेरिहेका छन् ।

कुन दिन यी पापी पाखण्डीहरूको पापको घैंटो एकै चोटी शिवका मारमा पर्छन् र नेपालीले शान्ति पाउनेछन् तर अहिले धैर्य गर्नै गाह्रो हो। सहु बाबु सहु, सहनै नसके पनि सहु। शिवद्वारा पालित प्रेत पिशाचहरूले आखिर शिवलाई नै कता जाउँ गौंथलै पारे । त्यसैले सत्तामा, सत्यमा, साथमा, साँधमा, साँझमा, संघारमा, शासनमा प्रेत आत्माहरूलाई बास र राज दिनुहुँदैन । दिएमा हिमालय / नेपालयकै दुर्दशा हुन्छ भनेर भन्ने पनि नेपालयमा नै रहेछन् । यति कुरा हामीले उनैबाट सुन्यौँ । नेपालीले दु:ख पाउनुको मूलकारण नै यहाँ प्रेत शासक हुनाले रहेछ। कहिँ बास नपाएका प्रेतपिशाचहरू नेपालमा शासक भै जन्म लिन आएका रहेछन्। त्यसैले प्रेतद्वारा शासित जनता पीडित भएका रहेछन्।

जबसम्म नेपालमा प्रेत आत्माहरूबाट शासन हुन्छ तबसम्म नेपाली सुखी र नेपालयमा शान्ति हुने छैन। शासकनै प्रेत, पिशाच भए भने त्यहाँ सुख शान्ति समृध्दि कहाँ पाउँनु।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x