साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्ने कसरी रैछ मैले जाने नि दाइ ! हो है भाइ ?

गदिन्ने बाङ्गाे खुट्टा टेकेर लामो नाकको सिँगान पुछ्दै पर्खालको ढुङ्गामा पुछेर खोक्दै खोच्याँङ खोच्याङ गर्दै नबोली घरतिर लागे।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

हरेक गाउँमा कतिपय फरासिला रसिला रौसिला, कति घोसे अबोला गम्भिरे कति छटपटे कतिपय अलमस्ति ग्वाँगे, धोक्रे, चोथाले, बर्बरे, बँडफार, फटाहा, उटटापी अनि कुनै अति रमाइला मानिसहरू हुन्छन् ती त्यो गाउँका ईज्जत र गहना हुन्। त्यस्तै पारीगाउँमा पदम सिंह भन्ने एकजना मानिस थिए। उनलाई त्यो गाउँको खबर हो भन्थे। कसैकसैले हल्ला पनि भन्थे। उनको जन्म सम्बन्धी कुरालाई लिएर एकजना दाइले यो भाइ हाम्रो परिवारको कर्ण हो पनि भन्थे।पछाडि परे सबैतिर हल्ला, हल्ला भन्ने, सामुन्नेमा परेपछि दाइ भाइ भन्ने मान्छेको यस्तै त छ पारा जहाँ नि। पदम सिंहको पनि तेस्तै थियो। त्यस गाउँमा उनलाई संबोधन गर्ने गाउँलेको पारा।

धेरै धेरै वर्ष अगाडिको कुरा हो परालको टौवा राख्ने (हाल्ने) काम गर्दा पदम सिंह अचानक टौवाबाट तल खस्दा छाती ठोकिन गएर दुईटा करङमा पीडा भयो । तुरून्तै काठमाण्डू लगेर वीर हस्पिटलमा भर्ना गरे। डाक्टरी जाँचपछि रिपोर्ट आयो।दुईटा करङ भाँचिएको छ। हस्पिटल भर्ना गरेर उपचार गर्नुपर्छ भनेर डाक्टरले भनेपछि हस्पिटल भर्ना
भए। उपचार हुँदैगयो। पेटको घाउ छटपटे मान्छे घाइते एक कोल्टो वा उत्तानो बाहेक सुत्नै नमिल्ने। दुखेको कम गर्ने औषधी खायो एकछिन निदायो।अनि ब्यूँझ्यो खप्नै नसक्ने दुखाई, अनिदो। पिशाव लागिरहने हेरालु पनि त्यो रात कोहि थिएन। उठेर पिशाव फेर्न गएका चिप्लिएर लडे। उठ्न खोज्छन् बल गरेर सक्दैनन्। झन् उल्टै जति बल गर्याे तेत्ति दुख्दा दुख्दै बेहोस् भएछन्।

बाहिरकाले त्यो ट्वाइलेटमा बिरामी गएको धेरैबेर भो चानुमानु छैन भनेर नर्सलाई भनिदिएपछि सबै भएर ढोका ढकढकाए तर खोलेन, खोल्न खोजे खुलेन। बाहिरको हल्लाले पदमसिंहको थोरै होस् आए जस्तो भएकोले उठ्न खोज्छन्, भित्ता सकेको ठेल्छन्, झन् प्राणै जाला जस्तो गरेर दुख्यो सकेनन्। पटक पटक बल गरे परान खुस्केला जस्तो भो सकेनन्। त्यत्तिकैमा ढोका खुल्यो उनी मरणासन्न भएर दोब्रिएको अवस्थामा झ्याईंखुट्टी पारेर जतनले बाहिर ल्याएर बेडमा सुताए र औषधी खुवाऊन नसकेकाले डा.को सल्लाह अनुसार सुई लगाए। डेढ घण्टापछि होसमा आए। यसरी कष्टसाथ २२ दिन हस्पिटल बसेर सामान्य हिंड्न सक्ने भएपछि घटनाको एक महिनापछि गाउँ फर्कन हुन्छ भनेर डा.ले भनेपछि गाउँ फर्किंए।

भारीतारी एकजना परिआए बोक्न सक्ने मान्छे समेत लिएर कच्चि पक्की रोड हुँदै मजुवा खैरहनी झरे। त्यसदिन बेलुकी दुखम् सुखम् गरी बेलुकी साँझमा देउराली फेदीको ठकुरीको छाप्रोमा बास बसे। भोलिपल्ट साँझपख धारापानी चारधारेको चौताराको पेटीमा खुइऽए गरेर भारी बिसाए। सँगैआएका पदमसिंह पनिअलक्क पर्खालको ठूलो छपनीमा बसे र खुईऽ गर्दै दाइ सन्चै ? गदिन्ने भाइलाई कस्तो छ नि ? कालसँग लरेर पनि बाँचेर आएं दाइ। हो हगि ? हो नि दाइ मर्नि कसरी रैछ ? भन्ने पनि थाहा पाएँ नि दाइ। अहो गदिन्ने होर भाइ ? हो दाइ आफूले बिचार पुर्याएर नमरौं भने पनि सकिने रैछ दाइ। गदिन्ने कसरी सकिने रैछ भाइ ? सबै पँधेरा आउने गोठाला खेतला टिनु लाएर हेरेका र सुनेका छन्।

त्यो देखेर पदमसिंह अखिरी हल्ला न पर्याे। उच्किउच्की बोलेर भन्ने नानी टिके उराली उराली सोध्ने।’मर्ने कसरी रैछ मैले जानें नि दाइ। म मोर्दिन भनेर प्राण जान बल गर्दा खेरि खिचेर राख्नसके मरिदो रहिनछ दाइ। अहो गदिन्ने कस्तो अचम्मको कुरा जानेछस् है भाइ। मर्न मन नलागे प्राण खिच्ने भित्तामा हातले र खुट्टाले ठेल्ने र बल गरेर जान लागेको सास रोक्यो भने बाँचिदो रैछ। म बाँचेको र नमरेको तेहि भएर त यसरी दाजु भाइ भाका ठांउॅमा आएर भेट गर्न बोल्न पाईं नि दाइ । हो हो गदिन्ने हो त्यसै त त्यो प्राण जाँदैन त नि हई।

गदिन्ने भाइलाई कसरी यस्तो गोप्य कुरा थाहा भयो त नि ? त्यो कुरा निक्कै घत लाग्यो सुनौंन गदिने है त भाइ छोरा हो भनेर उभिएर अचम्म र ताजुव मानेर नानी टिके दाइले सुनिरहेकालाई रहनी राखे। सबैले भने सुनौं न भन्दै बोकिरहेको भारी चौतारीमा बिसाए। झण्डै ३०/४० जनाको घेरा लाग्यो।

ल सुन्नुस् दाइ जब मलाई पिशाव लाग्यो रातमा मसँग कुरूवा कोहि पनि थिएन। हिजो हामी भोलि आउन पाउने भैनौं हजुरहरूले यसो ख्याल राखीदिनु है भनेर पल्लो बेडकालाई हेरिदिनु है भनेर भनेका थिए। रातको दस बजेतिर म एकलै बिस्तारै भित्तो समाउँदै पाईखानाको कोठाभित्र पसेर बसेर पिसाप गरी सकेर जुरूक्क उठिछु, फनन घुमायो । त्यसपछि म त ढलीहालिछु। कति बेर त्यत्तिकै ढली रहें थाहा भएन। जब बाहिर खलबल भएको सपना हो कि विपना हो थाहै भएन । त्यसपछि उठ्न भित्तामा हात राखेको मात्रैथें प्राण जान लागिहाल्यो । मेरो पालो दुईटै हात दरो गरेर भित्तामा ठेलेर सास रोकिराखेर प्राणजान दिइन, रोक्न सफल भएँ । एकछिन पछि उठ्नखोजें फेरि प्राण भाग्न खोजिहाल्यो । मेरो पालो फेरि भित्तामा दुवै हातले ठेलेर प्राण खिचेर जान दिइन र पो बाँचेँ त दाइ, नत्र प्राण झण्डै गइहालेको। त्यसैले हामीले प्राणजाने बेलामा बिचार पुर्याएर खिचे बाँचिने रैछ दाइ, मैले थाहा पाएँ ।

तेतिखेरै ढोका ढ्याम्म खुलेकोले नर्शहरू डाक्टर पनि आएर मलाई लगेर फेरि बेडमा सुताएछन् र सुइ दिएछन् त्यसपछि पो होस आएको रे दाजु भाइहरू। ल अब बाँचेर आछु, भेटघाट बातचित गरौंला । अब घरतिरै जाम भनेर बिस्तारै उठेर पदमसिंह बाटो लागे। दर्शक बनेका गाउँलेहरू हल्लातिर हेर्दै आपसमा खस्याखुसु गर्दै आआफ्नो बाटो लागे। गदिन्ने बाङ्गाे खुट्टा टेकेर लामो नाकको सिँगान पुछ्दै पर्खालको ढुङ्गामा पुछेर खोक्दै खोच्याँङ खोच्याङ गर्दै नबोली घरतिर लागे।

पँधेर्नीहरू पिठिउँको डोकामा पानी भरेको गाग्री बोकेर थाप्लामा दुवैहात नाम्लोमाथि राख्दै हल्लाको कुरा होला त ?भनेर आपसमा गुनगुन गर्दै गल्लीको बाटोमा सुरू सुरू घरतिर लागे।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
खरानी केमा लगाम बा ?

खरानी केमा लगाम बा...

सुरेशकुमार भट्ट
लुर्केको भाकल : उँधो न उँभो

लुर्केको भाकल : उँधो...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x