साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुस राजा बारुद राजा

मानवता फेरि पलाउनु पर्छ बारुदको ज्वाला माझबाट मैले यो ढल्किसकेको दिनलाई “बुस् राजा !’ घोषणा गरिसकेँ” “बारुद राजा !’ घोषणा गरिसकेँ ।

Nepal Telecom ad

हे जर्ज बुस् !
न्यायको तराजूको पल्लामा
प्यालेस्टीनी, पानामेली या अफ्रिकी जनतालाई
एकलै तिमी बारुदको बोझसँग खिचिरहेछौ
न्याय बारुदसँग जोखिँदैछ
मानवाधिकार बारुदसँग नापिँदैछ
मैले हात उठाइसकेँ बुस् !
आज यो घाम अस्ताउन लागेको दिन तिम्रै भयो ।
म चाइनिज चेकरको बोर्ड जस्तो भएको
क्षत–बिक्षत इराकको मानचित्र हेरेर
रक्ताम्य इराकलाई हेरेर
सेतो झण्डामुनि बसेर हात जोडिरहेछु
भोलिको दिनको प्रतिक्षामा
अब रुनको लागि पनि पृथ्वीसँग
कुनै समुन्द्र स्वतन्त्र छैन
पेट्रोलियमले छोपिएर आफ्नो आँसु
मानौं छातिभित्र ज्वालामुखी गुम्स्याइरहेछ ।
हे बुस् !
हे बारुदका जन्तीहरू !
मानौं तिमीहरू दुलाहा लिएर जाँदैछौ
नरसंहारमा सम्पूर्ण बिज्ञान र प्रबिधिहरू भिरेर थाप्लामा
सम्बद्ध राष्ट्रको संज्ञामा
चक्रवर्ती दुलही भित्र्याउन
मानव सभ्यताको संहार गर्न
अहा ! दुधे बालकहरू !
मानौं जन्मनु नै अभिशप्त थियोझैँ
फेरि मृत्युलाई गाँठो पारेर ब्यथित मुठ्ठीमा
तिम्रो मानवाधिकारको मृत्युसँगै मृत्यु ओसारिरहेछन् ।
हे गोर्वाचोव !
तिमी सोवियतको आस्था च्यातेर जाऊ
बुस्को जाँघभित्र लुक !
मैले आजको यो ढल्किसकेको दिनलाई
‘बुस् राजा हो’ घोषणा गरें ।
पड्काऊ बुस् ! अब कुन–कुन बमहरू छन्
तिमीले लक्ष्य गरेका प्रत्येक हाँकका केन्द्रहरूमा
शान्ति तिम्रो परिभाषामा कैद भएको बेला
तिमी शान्तिलाई बारुदमा राखेर प्रक्षेपण गर
देश देशान्तरमा
प्यालेस्टीनमा, चिलीमा, क्यूबामा, कोरियामा
फ्याँक ! बेजोडसँग फ्याँक !
दिग्विजयको घोडा झैँ द्विप–द्विप र महाद्विपहरूमा
तिम्रो त्यो घोडा को छेक्न सक्छ ?
इराक आवाद हुन अझै सानो युग चाहिन्छ
ती मृतहरूले जन्मलिन अझै सानो युग चाहिन्छ
एकरात त पक्का युग पाउलिन लाग्छ
सद्दामको सन्कीपन त निहुँ पाइएकै हो
हाँक बम र गोलाहरू
अकासमा, जलमा या थलमा
तिमीले रावणी अहमत्याईं देखाउनु छ
म अलिकति कदमको छायामा बसेर
दुई शुम्भ–निशुम्भको भिडन्त हेरिरहेको छु
र असंख्य अबला मानवको हत्या देखिरहेको छु
सद्दाम सन्किरहेछन् भ्यागुत्ते घमण्ड बोकेर आफ्ना नानीहरूसँग
तिमी निशाना दागिरहेछौ सभ्यताहरूमा
त्यहाँ चुरा फुटिरहेछन्, स्युँदो पुछिइरहेछन्
असुरक्षित ज्यान
असुरक्षित अस्मिता
आमाहरू ! छोरीहरू ! चेलीहरू !
मानौ दानवको मुठ्ठीभित्र उपायहीन बाँचिरहेछन् ।
जित दानव ! मान्छेहरूको यो बैकुण्ठ
मानवता फेरि कोरलिनु पर्छ !
बमका छिर्काहरूको बीचबाट
लुट राक्षस फेरि यो स्वर्ग !
मानवता फेरि पलाउनु पर्छ
बारुदको ज्वाला माझबाट
मैले यो ढल्किसकेको दिनलाई
“बुस् राजा !’ घोषणा गरिसकेँ”
“बारुद राजा !’ घोषणा गरिसकेँ” ।

०००
झापा
२०४७/११/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x