साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिषासुर ब्याउँछ

के जन्माउने हो के पाउने हो ? नाम राखिसकेका पुरेतहरू ! ग्रह गुनेर हेर सुत्केरो कसरी हुन्छ ? राँगोको गर्भकाल कति हो ? कहिल्यै नब्याएको राँगोको गर्भकाल ।

Nepal Telecom ad

पुण्यप्रसाद खरेल :

महिषासुर गर्भिणी भएको छ
के ब्याउँछ ?
जिज्ञासा फलेका छन् सबैका मनका बेँसीमा
गर्भको बात हो के पाउँछ पाउँछ !
तर पनि उल्कापात हो राँगो ब्याउँछ ।

हुने बेलामा गोरु ब्याउँछ रे !
तर राँगो कतिवेला ब्याउँछ ?
ब्याउँछ कि ब्याउँदैन के ठेकान !
तैपनि साँझ-बिहान भएको छ रे
असिना पसिना भएको छ रे
प्रत्येक हेर्नेहरू यस्तै भन्छन्
भेट्नेहरू त्यस्तै ल्याउँछन् खबर
महिषासुर उठ्तै-बस्तै गर्दैछ रे
पौँठा वसिसकेका छन् रे !

पाडो पाउँछ कि पाडी पाउँछ ?
महिषासुर पाउँछ कि कामधेनु ?
ब्याउने राँगो हो के पाउँछ !
नेपालमा महिषासुर ब्याउने रे
हो महिषासुर राँगोले के पाउँछ ?
बाबुको छोरो पाउँछ कि
आमाको छोरो पाउँछ !

के जन्माउने हो के पाउने हो ?
नाम राखिसकेका पुरेतहरू !
ग्रह गुनेर हेर सुत्केरो कसरी हुन्छ ?
राँगोको गर्भकाल कति हो ?
कहिल्यै नब्याएको राँगोको गर्भकाल
हे फजिति…
तीन महीना, छ महीना, वर्ष…
गर्भकालको के ठेगान
तैपनि भन्छन् हेर्नेहरू, भेट्नेहरू
ब्याउँछ ! ब्याउँछ !!
महिषासुर पक्का ब्याउँछ ।

०००
झापा
रोकिन्न कावेली (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x