साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामासँगको वार्ता

। एकजनाले भूमिका लामो समय लगाएर लेखे । तर भूमिका मूल कृतिभन्दा लामो भएछ । लेखकलाई फसाद पर्‍यो । स्वीकारेँ मूल लेखभन्दा ठूलो भयो भूमिका दौरा भद्या खल्ती ठूलोजस्तै भयो । नस्वीकारूँ मागियो दिनेले दियो । छापूँ खर्च बढ्ने भयो ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

संसारमा अहिले वार्ता वार्ता वार्ताका स्वर नै गुन्जित भइरहेका छन् । राजनीतिमा मात्र होइन वार्ता अर्थ मोक्ष काम सबै नीतिमा वार्ता हुने गरेको पाइएको छ । विश्व समुदाय वार्तामा समय फालिरहेको छ । हेर्नोस् विश्व समुदाय इराकलाई ठहरै पार्ने कि नपार्ने भनेर वार्तामा लागेको छ । इराकी नेता अमेरिकासँग घुँडा टेक्ने कि सानका साथ लड्ने भनेर वार्ता नै गरिरहेका होलान् । कोरिया जापान आदि देशमा पनि वार्ता पक्कै हुँदाहुन् । कुआलालमपुरमा त वार्ता भव्य रूपमा जाँदैछ । यसरी संसारभरि वार्ताको मेहरा चलेको बेलामा नेपालमा पनि वार्ताको प्रसङ्ग नचल्ने कुरै भएन ।

नेपालका राजनीतिक दलहरू वार्ता रुचाउँछन् । त्यसैले सरकार पनि वार्ताप्रेमी हुँदै हो । यहाँ वार्ता कहिले कसैले कसैलाई दबाउने जुक्ति खोज्न हुन्छन् । कहिले आत्मसमर्पण गर्न हुन्छन् । कहिले भने आंपसी प्रेमभाव बढाएर मायापिरती गाँस्ने सन्दर्भमा पनि हुन्छन् । यसरी हेर्दा त कस्तो लाग्छ भने यता वार्ता उता वार्ता वातैवार्ता जता तता, वार्तामै कुन्नि के हुन्छ परिणाम कता कता ।’

यस्तो अनौठोसँग वार्ताको बजार सप्रिएको अवस्था हुँदा कतिखेर कहाँ के हुन्छ भन्ने भइरहेको अवस्थामा हिजो मिश्रमामा टुप्लुक्क आइपुग्नुभो । मैले मामासँग औपचारिक वार्ता धाल्न यसो भूमिका मिलाउदै थिए मामाले नै उछिने जसरी भन्नु भो वार्ता गर्नपर्ने भो बाबु ।

घरै पिडालु वनै पिडालु, ससुराली जाँदा त झन् बाह्रहातको पिँडालु भने जस्तो लाग्यो मलाइ त । त्यसैले के कुरा गर्न खोज्नु भो मामाले भनेर यसो टोलाउँदै थिएँ मामाले थप्नु भो- अब यहाँ साहित्यिक वार्ता थालौ हामी । किनभने अरु वार्ता अरु अरु नै गरिरहेछन् गर्लान् । हामी साहित्यिक वार्ता थालौँ ।

मामाका कुराले मलाई झन् अन्योल खडा गरिदियो । के हो साहित्यिक वार्ता ? मामाले कतै हालै पुरस्कृत साहित्यकारका विषयमा केही भेटाउनुभयो कि जस्तो पनि लाग्यो । किनभने अहिले पुरस्कारहरू पनि निर्विवाद छैनन् । एकथरिले विरोध ओकलेकै हुन्छन् । यो सोच्दा सोच्दै मनमा अर्कै कुरा खेल्यो । मनले भन्यो कसैको साहित्य रचनामा, कुनै विवाद ओल्र्यो कि । किनभने साहित्यकारहरू पनि विविध खालका छन् अहिले । आफ्नो जस्तो पनि राम्रो अरुको नराम्रो भन्छन् । कोही अश्लील लेख्छन् श्लील भन्छन् । कसैका राम्रा रचनामा पनि अर्को पक्षले अश्लीलता छ भन्न बेर मान्दैन । यसरी मेरो मनमा धरमर भएकोले नसोधी सुख्खै भएन मामासँगै सोधेँ । हैन मामा के भो र ?

मेरो प्रश्नको जवाफ दिँदै मिश्र मामाले भन्नु भो अहिले साहित्यकारहरू पनि बेइमान निस्कन थालेछन् । एकजना वरिष्ठ साहित्यकारले आफ्नो पुस्तकमा भूमिका लेखेछन् र यो भूमिका होइन लेखिदिएछन् । एउटा अक ठूला साहित्यकारले अर्का साहित्यकारको कृतिमा भूमिका लेखिदिने वाचा गरेर लिएछन् तर वर्षांसम्म न किताब फिर्ता गरे न भूमिका । विचराले आफ्नो कृति प्रकाशन गर्नै पाएनन् । एकजनाले भूमिका लामो समय लगाएर लेखे । तर भूमिका मूल कृतिभन्दा लामो भएछ । लेखकलाई फसाद पर्‍यो । स्वीकारेँ मूल लेखभन्दा ठूलो भयो भूमिका दौरा भद्या खल्ती ठूलोजस्तै भयो । नस्वीकारूँ मागियो दिनेले दियो । छापूँ खर्च बढ्ने भयो । एक ठाउँमा फेरि के भएछ भने मितले मलाई एउटा हलो सित्तीमा दिए, मैले मितलाई दशपाथी धान सित्तीमा दिएँ जस्तो पनि भएछ । भूमिका र पुरस्कार एकअर्काका पर्याय भएछन् बाबु । तसर्थ, साहित्यिक वार्ता नगरी भएन ।

मिश्रमामाले कहाँ कसकसका कुरा गर्न खोज्नुभएको हो यो थाहा भएन । जिज्ञासा राख्न मन नलागेको होइन तर कुरो पर्‍यो अप्ठेरो तसर्थ मैले मामासँग भने हो मामा ! यस विषयमा पनि वार्ता त हुनै पर्दछ । वार्ताले पुस्तकमा भूमिकाको जरुरत पर्छ पर्दैन । पर्छ भने को कस्ताको भूमिका लेखाउनुपर्दछ । भूमिकाको माग भएपछि भूमिका लेखकले कति समयमा कति लामो भूमिका लेखिदिनुपर्दछ । सोबमोजिम भएन भने के गर्ने आदि विषयमा वार्ता हुनै पर्दछ । वार्ताबाट साहित्यिक चरण तय हुनुपर्दछ । मेरो कुराले मिश्रमामाको मनमा कस्तो असर पो कुन्नी एकवचन पनि नथपी त्यहाँबाट टाप कस्नु भो ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x