साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन मन्त्री हुने ?

आफ्ना भाइभतिजा आदिलाई राम्रा राम्रा संस्थान तथा बैङ्कहरूमा हुल्नु थियो । निर्वाचन खर्च उठाएर अमेरिकाको बैंकमा पैसा पठाउनु थियो । काठमाडौंमा भव्य महल बनाउनु थियो । अरु के-के थियो-थियो तर सपना सबै लग्यो हुरीले ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

मेरा भाइका मामा ससुराका मितको भदा नाता पर्ने एकजना सज्जन सांसद रहेछन् । सांसदमा पनि चानचुने हो र ? प्रतिनिधिसभाकै सदस्य । हालै सानो जम्बु मन्त्रिमण्डल हुँदा पनि उनको नाम मन्त्रीको सूचीमा नपरेपछि तीनमुर्छा खाएर ढोका थुनी भित्र पसेछन् । यता-उताबाट फोन आउँदा फोन उठाउनु त कहाँ-कहाँ, घरकाले भन्दा रहेछन्- “माननीयज्यू त हुनुहुन्न रे !” एकजनाले त सोधेछन्- “हुनुहुन्न रे भन्या कसले ?” सजिलै जवाफ गएछ- “उहाँले नै भनेको । हुनुहुन्न भनिदिनु भन्नुभयो र ढोका थुनिहाल्नुभयो । कुरा बुझियो । सोध्ने व्यक्ति सांसदको घरैमा पुगे ।

यति ठूलो एकचालीस सदस्यीय मन्त्रिमण्डल हुँदा पनि तपाईंजस्ता इमानदार सांसद मन्त्री नभएको देखेर खप्नै नसकेको हुँदा हानिएर यहीँ आएको । यस्तो नि हुन सक्छ ? के सोचेको उहाँहरूले ? यस्ता यस्ता प्रश्नमाथि प्रश्न हुँदा संसद महोदयको घाउमा नूनचुक छर्केजस्तो भयो । यस्तैमा श्रीमती माननीय  रुँदा-रुँदा गेडी सुनिएजस्ता आँखा लिएर त्यहीँ आउनुभयो । आगन्तुकलाई आफ्ना हितैषीजस्तो मानेर श्रीमती माननीयज्यूको पुराण शुरु भयो- “हेर्नुहोस् न हजुर ! माननीय हुँदा भएको चुनाव खर्च उठाउनै सकिएको छैन । सांसदको चोखो तलबबाट त्यो खर्च भरताल हुने कुरै भएन । एउटा पजेरो सुविधा लिन पाइएको अलिकति उठ्ने थियो । बजियाहरूले त्यो काटे । सांसद विकास कोषबाट -अलि झिक्ने गरेको, अहिले त्यसको भरै छैन । सरकार गिराउने र बनाउने खेल नभएको धेरै भयो । अब मन्त्री पनि नभएपछि परेन बिल्लीबाठ ?”

श्रीमती माननीयको भाषण भनौँ वा विलौना सायद सकिएको थिएन । माननीयज्यू अलिकति रिसाएको मुड बनाएर प्रस्तुत हुनुहुँदै भन्नुभयो- “उसले नदिएको हो र ? म नगएको पो त । हेर्नुहोस् मित्र, त्यस्तो मन्त्रिमण्डलमा म किन जाने ?” जवाफ त आउनेवाला थिएन । तसर्थ उहाँले फेरि थप्नुभयो- “एक त यो मन्त्रिमण्डल धेरै टिक्दै टिक्दैन । यो प्रधानमन्त्रीसँग न पार्टी सभापति खुसी छन्, न पार्टी महामन्त्री । न राजा खुसी छन्, न भूमिगत नेकपा माओवादीका नेता । न अदालतका न्यायाधीश खुसी छन्, न प्रतिपक्षका नेता । न गरिब-गुरुवाले क्रान्तिकारी भूमिसुधार योजनाबाट सिन्को भाँचिन्छ भनेर पत्याएका छन्, न महिला हकहित भयो भनेर महिला खुत्ती छन् । न त जनजातिकै समर्थन र सहयोग पाउँछ यो मन्त्रिमण्डलले । यो मन्त्रिमण्डल त विदेशीको इशारामा नाच्ने मन्त्रिमण्डल हो, बुझ्नुभयो ?”

त्यहाँ कसैले जवाफ दिएन । बरू श्रीमती माननीय पड्कनुभयो- “अरु कुरा मलाई केही चाहिएको होइन । यो मन्त्रिमण्डललाई कसैले सघाउन् वा नसघाउन्, त्यो के मतलव ? मलाई त मन्त्रानी भएर चिल्लो कारमा सललल हुइँकिनु थियो । त्यही कारमा दशैँलाई चाहिने सामान हालेर ल्याउनु थियो । घरमा कार पुग्नासाथ सैनिक पोशाकको नौजवानले फूर्तिसाथ सलाम ठोकेर सामान ओसारेको हेर्न मन थियो । मेरा इस्टमित्र आउँदा मन्त्रीजी हुनुहुन्छ भनेर बाहिरैबाट सोधी हाम्रो अनुमति लिएर आई ‘दर्शन मन्त्रानीज्यू भनेको हेर्नुपरेको थियो । आफ्ना भाइभतिजा आदिलाई राम्रा राम्रा संस्थान तथा बैङ्कहरूमा हुल्नु थियो । निर्वाचन खर्च उठाएर अमेरिकाको बैंकमा पैसा पठाउनु थियो । काठमाडौंमा भव्य महल बनाउनु थियो । अरु के-के थियो-थियो तर सपना सबै लग्यो हुरीले ।”

श्रीमती माननीयको धाराप्रवाह सकिएको थिएन । माननीयज्यूले मुटुको गाँठो कसेझैँ गरेर भन्नुभयो- “भइगो, मन्त्री भएको भए पनि त्यति सजिलो थिएन । एक त यो मन्त्रिमण्डल नै कति चल्ला र ? फेरि वर्तमान प्रधानमन्त्रीसँग काम गर्न पनि सजिलो छँदै छैन किनभने पहिलेको पजेरोजस्तै यसपटक हवाइजहाज काण्ड मच्चाउनैपर्ला । कुन्नि काेजातिजीजस्तै हुनुपर्ला भन्ने डर । फेरि माओवादीका जनसेनाजस्तै हुलका हुल मन्त्री हुँदा न भनेजस्तै कमाउन पाइन्छ, न इज्जत हुन्छ । तसर्थ किन मन्त्री हुने ?”

माननीयजीको वक्तव्य सिद्धिएकै थिएन, श्रीमती माननीयज्यू उग्रचण्डीजस्ती भएर प्रस्तुत हुनुभएछ । मन्त्री हुन नपाएका माननीयलाई भेट्न आएका साथी सुइँकुच्चा ठोके रे !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x