साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लोकार्पण

प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिसभा तथा स्मृतिग्रन्थ लोकार्पण समारोह २०८० नाम दिइएको सो कार्यक्रममा प्रा.डा वासुदेव त्रिपाठीले कृतिको लोकार्पण गर्नुभयो । स्मृतिग्रन्थमा ७८ जना लेखक समालोचकका लेख रचना समेटिएका छन् ।

Nepal Telecom ad

काठमाडौ, २०८० चैत्र १५ । साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ प्रकाशन समिति, काठमाडौको आयोजनामा राजधानीमा एक विशेष समारोहबिच साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ लाकार्पण भएको छ ।

प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिसभा तथा स्मृतिग्रन्थ लोकार्पण समारोह २०८० नाम दिइएको सो कार्यक्रममा प्रा.डा वासुदेव त्रिपाठीले कृतिको लोकार्पण गर्नुभयो ।

डा.देवीप्रसाद सुवेदीको सभाध्यक्षतामा हार्दिक होटलमा सम्पन्न भएको सो समारोहमा प्रमुख अतिथिका रुपमा वासुदेव त्रिपाठीको उपस्थिति रहेको थियो । कार्यक्रममा साहित्यकार रमा शर्मा, साहित्यकार भिक्टर प्रधान साहित्यकार प्रा.डा. महादेव अवस्थी साहित्यकार गोपाल पराजुली, साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम साहित्यकार इन्दिरा प्रसाईं र साहित्यकार डा. रमेश शुभेच्छुले समारोहलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा साहित्यकार रमा शर्मा, प्रयागराज वाशिष्ठ, काजी रोशन, रामप्रसाद गुरागाईं, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. रमेशप्रसाद भट्टराई, प्रा.डा. कृष्णप्रसाद दाहाल, साहित्यकार डम्बर घिमिरे, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, प्रा.जगत्प्रसाद उपाध्याय प्रेक्षित्, प्रा.डा. नारायणप्रसाद गड्तौला, कलाधर काफ्ले, ठाकुर शर्मा भण्डारी, प्रहल्लाद पोखरेल, हरि गौतम, कुलप्रसाद पराजुली, डा. हरिप्रसाद सिलवाल, डा. उर्मिला शर्मा, तुलसीहरि कोइराला, विनोद दाहाललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुखअतिथिबाट प्रा. ठाकुरप्रसाद पराजुलीज्यूको तस्बिरअगाडि रहेको दीप प्रज्ज्वलन तस्बिरमा मल्यार्पण गरेपछि अतिथिहरूबाट तस्बिरमा माल्यार्पण र पुष्पार्पण भएको थियो । कार्यक्रमका सुरmमै ठाकुरप्रसाद पराजुलीज्यूको स्मृतिमा १ मिनेट मौनधारण गरिएको थियो ।

ग्रन्थ सम्पादन परिषद्का सदस्य साहित्यकार गोपाल पराजुलीले सबै सहभागीमा स्वागत र सम्पादन परिषद्का तर्फकाट डा. लक्ष्मणप्रसाद गौतमले सम्बोधन गर्नुभएको थियो । उहाँले सम्पादन कार्यमा कस कसले कसरी समय दिए र कसरी कृति निस्कन सफल भयो भनी जानकारी दिनुभयो ।

अतिथि वक्ता डा. महादेव अवस्थीले पराजुलीको प्राज्ञिक एवम् शैक्षिक योगदानको विश्लेषण गर्नुभयो । त्यसैगरी भिक्टर प्रधानले पराजुलीसँग कक्षा लिँदादेखिका सहकर्मीका रुपमा सहकार्य गर्दाका अनुभवहरू सुनाउनुभयो । बिचमा ठाकुर पराजुलीको आवाज प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि त्रिपाठीले विद्यालयको छात्रछँदा पराजुलीसँग भेटेदेखि जीवनका उत्तराद्र्धसम्मका अनुभव सुनाउनुभयो । उहाँले पराजुलीको समीक्षा कला र शालीन सहयोगी भावनाको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रममा उपस्थित स्मृतिग्रन्थभित्र समेटिएका लेखकलाई मञ्चमै सम्मान स्वरुप स्मृतिग्रन्थ उपहार प्रमुख अतिथिबाट अर्पण गरिएको थियो । ग्रन्थ प्रकाशन समितिका तर्फबाट श्रीमती भवानी पराजुलीले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रमका अन्त्यमा सम्पादन परिषद्का सदस्य डा.रमेश शुभेच्छुले सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले त्यसै क्रममा पराजुलीका विभिन्न चाार पुस्तक निकाल्न पुग्ने सामग्री रहेका पनि जानकारी दिनुभयो ।

साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली स्मृतिग्रन्थ सम्पादन परिषद्मा होमनाथ सुवेदी, डा. देवीप्रसाद सुवेदी, गोपाल पराजुली, डा. लक्ष्मणप्रसाद गौतम र डा. रमेश शुभेच्छु रहेका छन् ।

सो ग्रन्थको प्रकाशन समितिमा भवानी पराजुली, कमल पराजुली, किशोर पराजुली, शारदा शर्मा र शान्ति शर्मा रहेका छन् ।

साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुलीको जन्म १९९७ साल मा म्याग्दीमा भएको थियो । संस्कृत साहित्यमा आचार्य र नेपाली साहित्यमा एम.ए. गरेका पराजुलीले लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरे । उनको गत वर्ष भक्तपुरस्थित आफ्नै निवासमा ८३ वर्षको उमेरमा निधन भएको थियो ।

कार्यक्रमका सबै व्यक्तित्वहरूले पराजुलीको बौद्धिक समालोचक व्यक्तित्वको चर्चा गरे । उनी उच्च माध्यमिक शिक्षा परिषद्को नेपाली विषय समितिको प्रमुखका साथै नेपाली केन्द्रीय विभागका प्रमुखका रुपमा पनि नेपाली भाषा साहित्यको विकासमा समर्पित थिए ।

स्मृतिग्रन्थमा ७८ जना लेखक समालोचकका लेख रचना समेटिएका छन् । ग्रन्थमा पराजुलीका नमुना सिर्जना समीक्षाका साथै तस्बिरहरू समावेश गरिएको छ ।

०००
– डा. रमेश शुभेच्छुद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x