साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दरबारमार्गमा शहीदका रगत रुँदैछन्

मसाल सल्काउने योजना गर्दैछन् उनीहरू भन्दैछन् यहाँ खुर्पे जून अस्ताउँदा उज्यालो सँगसँगै एउटा चेतनाको हुरी आउँछ अहिले दरबारमार्गमा शहीदका रगतहरू रुँदैछन्

Nepal Telecom ad

मातृका पोखरेल :

रातको तेस्रो प्रहर छ,
आकाशमा मात्र खुर्पे जून लागेको छ,
सल्लाको रुखमुनि पहेंलो विरुवाको अंकुर टुप्लुक्क उम्रिएको छ ।

केही मान्छेहरू लेख्दैछन्
बिहानी झलमल्ल घाम लागिसक्यो भनेर
भाषण गर्नेहरु पसिना बगाउँदै कुर्लंदै छन्
ढकमक्क फूल फुलिसक्यो भनेर
वर्तमान लेख्ने शहीदका रगतहरू सोध्दैछन्
बाटोको पेटीमा सुतेर माघको ठण्डीमा हुर्कने मान्छेको
हिउँले खाएर सकिएको शरीरमा कहाँ घामको झुल्को परेको छ ?

ढकमक्क फूल त के
विरुवाको अंकुरमाथि भमरो बसेको छ
वरिपरि झुसिले किराका बथानहरू छन्
केही मान्छेहरू
परालको आगो तापेर
गाँजाको मातमा झुल्लिंदै
प्रजातन्त्रको भजन गाउँदैछन्
हत्यारालाई प्रजातन्त्रको प्रमाणपत्र दिंदैछन् ।

फेरि अर्को जमात बढ्दैछ
त्यहाँ खान नपाउनेहरू छन्
घर नभएकाहरू छन्
बेचिनेहरु छन् ।
उनीहरु बहुलठ्ठी प्रजातन्त्रको जुठेल्नोमा
मसाल सल्काउने योजना गर्दैछन्
उनीहरू भन्दैछन्
यहाँ खुर्पे जून अस्ताउँदा उज्यालो सँगसँगै
एउटा चेतनाको हुरी आउँछ
अहिले दरबारमार्गमा शहीदका रगतहरू रुँदैछन्
यहाँ ढकमक्क फूल फुल्न लाग्दा
शहीदका रगतहरू
ताली बजाउँदै विजयका गीत गाउँछन् ।

०००
आलोचना त्रैमासिक, वर्ष १, अङ्क १, २०४७ पौष

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश पढ़्दैछु

म देश पढ़्दैछु

मातृका पोखरेल
माछा, जाँड र रुद्र खरेल 

माछा, जाँड र रुद्र...

मातृका पोखरेल
ऐना

ऐना

मातृका पोखरेल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x