साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना

ऐनामा आफ्नो अनुहार हराएका हामीहरू निरन्तर छलफल गरिरहेका छौँ । हिजोआज मैले ऐनामा आफ्नो अनुहार हराएको छु ।

Nepal Telecom ad

हिजोआज मैले हेर्ने ऐनामा
अर्कै मान्छेको अनुहार देखिन्छ ।

जीवनभर
जसलाई गाली गर्दागर्दा थाकेको थिएँ
र मुद्दा हालेको थिएँ
बाटोका प्रत्येक कुइनेटाहरूमा
अचेल लुसुक्क आइदिन्छ उही
मैले हेर्ने ऐनामा ।

बिहानबिहान मुख धोएर हेर्छु आफ्नो अनुहार
अर्कै मान्छे देखिन्छु ऐनामा
दारी काटेर हेर्छु
दारी पालेको अर्कै मान्छे देखिन्छु
साधारण लुगा लगाएर ऐना हेर्छु
टाइ, सुट र कोटमा देखिन्छु ।

प्रत्येक दिन नयाँ-नयाँ ऐना किनेर ल्याइरहेको छु
तर कहिल्यै देखिएन आफ्नो सक्कली प्रतिबिम्ब
म आजित भएको छु आफैँले दिनहुँ हेर्ने
आफ्नै ऐनासँग ।

हिजोआज
ऐनामा आफ्नो अनुहार
कहिलेकाहीँ दक्षिणतिरका छिमेकीको जस्तो
कहिलेकाहीँ उत्तरतिरका छिमेकीको जस्तो
कहिले अमेरिकीको जस्तो
कहिले कुनै ठेकेदारको जस्तो
कहिले कुनै दलालको जस्तो कहिले कसको जस्तो
कहिले कसको जस्तो
केही समयका लागि
मैले अचेल ऐना हेर्न पनि छाडिदिएँ
ऐना बोक्न पनि छाडिदिएँ ।

म सँगसँगै मेरा साथीहरू पनि
अचेल ऐनासँग खुबै डराउँछन् ।

ऐनामा आफ्नो अनुहार हराएका हामीहरू
निरन्तर छलफल गरिरहेका छौँ ।

हिजोआज मैले ऐनामा
आफ्नो अनुहार हराएको छु ।

०००
‘हरपल’ अनलाइनबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x