सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

म देश पढ़्दैछु

जनभक्तका कानूनभित्र युवाका रगत बेचिएका राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु म एक्काइसौं शताब्दीको विद्यार्थी देशको इतिहास पढ्दैछु । देश गहिरिएर पढ़्दैछु।

Nepal Telecom ad

मातृका पोखरेल :

म एक्काइसौं शताब्दीमा विद्यार्थी
देशको इतिहास पढ्दैछु । देश गहिरिएर पढ़्दैछु।

देशलाई पढ़्दै जाँदा –
अक्षरहरूभित्रका पनि अक्षरहरू पढ़्दैछु
सजिएका शान्तिका अक्षरहरूभित्र
किरिङ्ग मिरिङ्ग
अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।

न्यायका शब्दहरू पढ़्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरू पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ़्दैछु।

इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा
राष्ट्रभक्तिजस्ता शब्दहरूभित्र
कोशी र जङ्गल बेचिएका
सहीछापहरू पनि देख्दैछु
देशलाई बन्धकमा राखेका
सम्झौताका आला अक्षरहरू पनि देख्दैछु ।

जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ़्दैछु।

०००
काठमाडाैं

(मेरो दरबारको छेउबाट कविता सङ्ग्रहबाट)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल