साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म देश पढ़्दैछु

जनभक्तका कानूनभित्र युवाका रगत बेचिएका राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु म एक्काइसौं शताब्दीको विद्यार्थी देशको इतिहास पढ्दैछु । देश गहिरिएर पढ़्दैछु।

Nepal Telecom ad

मातृका पोखरेल :

म एक्काइसौं शताब्दीमा विद्यार्थी
देशको इतिहास पढ्दैछु । देश गहिरिएर पढ़्दैछु।

देशलाई पढ़्दै जाँदा –
अक्षरहरूभित्रका पनि अक्षरहरू पढ़्दैछु
सजिएका शान्तिका अक्षरहरूभित्र
किरिङ्ग मिरिङ्ग
अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।

न्यायका शब्दहरू पढ़्दा
जेल, नेल, बन्दुक र पुलिसका
यातनाहरू पनि भोग्दैछु ।
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ़्दैछु।

इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा
राष्ट्रभक्तिजस्ता शब्दहरूभित्र
कोशी र जङ्गल बेचिएका
सहीछापहरू पनि देख्दैछु
देशलाई बन्धकमा राखेका
सम्झौताका आला अक्षरहरू पनि देख्दैछु ।

जनभक्तका कानूनभित्र
युवाका रगत बेचिएका
राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु
म एक्काइसौं शताब्दीको विद्यार्थी
देशको इतिहास पढ्दैछु ।
देश गहिरिएर पढ़्दैछु।

०००
काठमाडाैं

(मेरो दरबारको छेउबाट कविता सङ्ग्रहबाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x