ठाकुर बेलबासेलामबद्ध श्रापित हामी
बेठेगानको लाममा उभिएर दीर्घायूको कामना गरिरहेका हामी बाँच्नुको गम्भीर भ्रमले जन्मेदेखि थलिएर अजम्बर बन्ने सपनामा दौडिरहेका छौँ ।
ठाकुर बेलवासे :
कसको मलामी
को जाने के टुङ्गो !
आखिर हामी मलामीका लागि लामबद्ध छौँ
म्यूजिकल चेयरजस्तो
मृत्यु कसले जित्छ के ठेगान !
लामको कुनै पनि भागको
मानिसको मलामी जानु पर्छ
या आफ्नै मलामी जान अरू तयार हुनुपर्छ !
मलामीको लहरमा उभिन
श्रापित हामी
मृत्युको सङ्गीतमा
बाच्नुको उत्सव मनाउँदै
जीवनको गीत गाइरहेका छौँ
मलामी को कसको जाने हो
बेठेगानको लाममा उभिएर
दीर्घायूको कामना गरिरहेका हामी
बाँच्नुको गम्भीर भ्रमले
जन्मेदेखि थलिएर
अजम्बर बन्ने
सपनामा दौडिरहेका छौँ ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































