साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपभ्रंश

म देख्दै छु तिम्रा आँखामा लोभको अन्त्यहीन हुरी जसका कारण तिम्रो विवेकमा अँध्यारोले उत्सव मनाइरहेको छ मनमा अहङ्कारको डढेलो जसका कारण तिम्रो अनुहारमा राकसी नृत्य नाचिरहेको छ !

Nepal Telecom ad

ठाकुर बेलवासे :

पदोन्नति खोजिरहेको शिक्षकले
तिमीलाई निकै राम्रोसंग चिन्छ !
र तिम्रो तारिफ मात्रै गर्छ !
तर एउटा बिद्यार्थीले तिमीलाई चिन्छ कि चिन्दैन !

बढुवा खोजिरहेको एउटा सेनाको जवानले
आफ्नो सम्पूर्ण बल प्रयोग गरेर
तिमीलाई सलाम ठोक्छ !
तर सुरक्षा खोजिरहेका किशोरकिशोरीहरू /वृद्धवृद्धाहरू
तिम्रो पद र कामसंग परिचित छन कि छैनन् !

एउटा नैतिक पतन
विचौलिया कार्यकर्ता हरेक तिम्रा शब्दमा ताली बजाउँछ !
तर सिंगो देश बोक्न सक्ने
बेरोजगार एउटा युवाले तिमीलाई विश्वस गर्छ कि गर्दैन !

एउटा घुसखोर कर्मचारी
साँझ विहान तिमीलाई भेटेर भक्तिमा जड बन्छ !
तर सामान्य सेवा खोजिरहेका साधारण जनताले
तिमीलाई चिन्छन् कि चिन्दैनन् !

ऐश्वर्य र सम्बन्धका लागि
तिम्रो परिवारले तिमीलाई
भगवान ठान्छ !
तर समाजले
तिमीलाई मान्छे मान्छ कि मान्दैन् !

म देख्दै छु
तिम्रा
आँखामा लोभको अन्त्यहीन हुरी
जसका कारण
तिम्रो विवेकमा अँध्यारोले उत्सव मनाइरहेको छ
मनमा उर्लिएको अहङ्कारको डढेलो
जसका कारण
तिम्रो अनुहारमा राकसी नृत्य नाचिरहेको छ !

अझ
म देख्दैछु
चाकरी र चाप्लुसीको दलदलमा डुबेको
तिम्रो अनुहारबाट हराउँदै गएको एउटा मान्छे !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
घाम र बा, आमा

घाम र बा, आमा

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x