साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाम र बा, आमा

मैले घामसँग पढ्न सिक्नुपर्छ अनि अनुभव र आँटले भरिएको समयलौरो टेक्न सिक्नु बाँकी नै छ हिमाल बनिसक्नुभएका मेरा हजुरबा, हजुरआमा मेरा बा, आमा यो सङ्घारमा उदाउने घाम र तपाईंहरू उस्तै उस्तै लाग्छ ।

Nepal Telecom ad

ठाकुर बेलवासे :

अग्राखजस्तो
अनि छिप्पिएको समयको
लौरो टेकेर
मैले घोडचढी खेलेको घाम
पश्चिमको अग्लो
क्षीतिजमा पो पुगिसेको रहेछ

म यो बाटो हिँडेर
यहाँसम्म आईपुगेँ
त्यही घामका पैतालाले टेकेर
म पूर्वको आकाश हेरिरहेको छु
त्यही घामको आँखाले

मैले उत्तर र दक्षिण फैलन खोजेको छु
त्यही घामका हातहरूले
मेरो ओठको मुस्कान
पनि त त्यही त्यही घाम चुमेको छ
भनौँ न मुस्कानसँगै मैले
यी खुशी, यी रहर, यी सपना
घामबाटै लिएको छु

मानिलिऔँ घाम
क्षितिजबाट डुब्यो भने
खुट्टा, आँखा, अनि हात
र ओठसँगैँ अठोट बोकेर

मसँग खुट्टा त हुनेछन्
भरपर्दो यात्रा हुनेछैन
आँखा त हुने छन्
विश्वासिलो दृष्टि हुनेछैन

हात त हुनेछन्
तर आँट रत्तिभर हुनेछैन
अनुहारसँग ओठ पनि मसगै रहने छ
तर हाँसोको सौन्दर्य हुनेछैन

यस्तो शक्तिशाली घामकै
बुई चढेर म हुर्किएँ
आज घामदेखि
म कति टाढा भएको छु

घामलाई खेलाउने
मेरो पालो बिर्सिएर
बास जस्तो म
बाँसघारी पो भइसके छु

मैले ढाड दिनु पर्दैन
आँखा दिनु पर्दैन
पर्दैन उसलाई खुट्टा दिनु
मात्र साथ दिए पुग्छ

मसँग अधुरो र अस्पष्ट
यात्राको पहाड छ
अनि आँखामा भरिँदै आएको थकान

घामसँग सम्पूर्ण र स्पष्ट यात्राका राजमार्ग छन्
ती गहिरा गहिरा बन्दै गएका आँखामा
उर्लंदो छ जाँगर
उर्लंदो छ सपना
अनि उर्लंदो छ फुलेको बैँस

मैले घामसँग
पढ्न सिक्नुपर्छ
अनि अनुभव र आँटले भरिएको
समयलौरो टेक्न सिक्नु बाँकी नै छ

हिमाल बनिसक्नुभएका
मेरा हजुरबा, हजुरआमा
मेरा बा, आमा
यो सङ्घारमा उदाउने घाम
र तपाईंहरू उस्तै उस्तै लाग्छ ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x