साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाम र बा, आमा

मैले घामसँग पढ्न सिक्नुपर्छ अनि अनुभव र आँटले भरिएको समयलौरो टेक्न सिक्नु बाँकी नै छ हिमाल बनिसक्नुभएका मेरा हजुरबा, हजुरआमा मेरा बा, आमा यो सङ्घारमा उदाउने घाम र तपाईंहरू उस्तै उस्तै लाग्छ ।

Nepal Telecom ad

ठाकुर बेलवासे :

अग्राखजस्तो
अनि छिप्पिएको समयको
लौरो टेकेर
मैले घोडचढी खेलेको घाम
पश्चिमको अग्लो
क्षीतिजमा पो पुगिसेको रहेछ

म यो बाटो हिँडेर
यहाँसम्म आईपुगेँ
त्यही घामका पैतालाले टेकेर
म पूर्वको आकाश हेरिरहेको छु
त्यही घामको आँखाले

मैले उत्तर र दक्षिण फैलन खोजेको छु
त्यही घामका हातहरूले
मेरो ओठको मुस्कान
पनि त त्यही त्यही घाम चुमेको छ
भनौँ न मुस्कानसँगै मैले
यी खुशी, यी रहर, यी सपना
घामबाटै लिएको छु

मानिलिऔँ घाम
क्षितिजबाट डुब्यो भने
खुट्टा, आँखा, अनि हात
र ओठसँगैँ अठोट बोकेर

मसँग खुट्टा त हुनेछन्
भरपर्दो यात्रा हुनेछैन
आँखा त हुने छन्
विश्वासिलो दृष्टि हुनेछैन

हात त हुनेछन्
तर आँट रत्तिभर हुनेछैन
अनुहारसँग ओठ पनि मसगै रहने छ
तर हाँसोको सौन्दर्य हुनेछैन

यस्तो शक्तिशाली घामकै
बुई चढेर म हुर्किएँ
आज घामदेखि
म कति टाढा भएको छु

घामलाई खेलाउने
मेरो पालो बिर्सिएर
बास जस्तो म
बाँसघारी पो भइसके छु

मैले ढाड दिनु पर्दैन
आँखा दिनु पर्दैन
पर्दैन उसलाई खुट्टा दिनु
मात्र साथ दिए पुग्छ

मसँग अधुरो र अस्पष्ट
यात्राको पहाड छ
अनि आँखामा भरिँदै आएको थकान

घामसँग सम्पूर्ण र स्पष्ट यात्राका राजमार्ग छन्
ती गहिरा गहिरा बन्दै गएका आँखामा
उर्लंदो छ जाँगर
उर्लंदो छ सपना
अनि उर्लंदो छ फुलेको बैँस

मैले घामसँग
पढ्न सिक्नुपर्छ
अनि अनुभव र आँटले भरिएको
समयलौरो टेक्न सिक्नु बाँकी नै छ

हिमाल बनिसक्नुभएका
मेरा हजुरबा, हजुरआमा
मेरा बा, आमा
यो सङ्घारमा उदाउने घाम
र तपाईंहरू उस्तै उस्तै लाग्छ ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपभ्रंश

अपभ्रंश

ठाकुर बेलबासे
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
लाेकतन्त्रकाे शक्ति

लाेकतन्त्रकाे शक्ति

ठाकुर बेलबासे
सत्यलाई माफी

सत्यलाई माफी

ठाकुर बेलबासे
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x